काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेनको प्रतिवद्धता

काठमाडौं,जेठ,१३-काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगले आज (शुक्रबार) बिहान काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएको औपचारिक रुपमा घोषणा गरेको हो। आयोगले घोषणा गरे लगत्तै मेयरमा विजयी हुनुभएका बालेन साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिवद्धता जनाउनुभयो। निर्वाचन मत परिणामलाई […]

बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं,जेठ,११-प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, दोस्रो सम्भावित कार्यसूचीमा उक्त नीति तथा कार्यक्रमाथि सांसदहरूले संशोधनहरू प्रस्तुत हुने […]

तुलसीपुर उपमहानगरमा एमाले विजयी

काठमाडौं,जेठ,११-दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत गर्नुभएको हो । यस्तै, उपमेयरमा एमालेकै स्यानी चौधरी विजयी हुनुभएको छ । उहाँले ३० हजार ५९७ मत प्राप्त गर्नुभएको छ।उहाँका प्रतिद्वन्द्वी नेकपा […]

पोखरामा मेयरमा ३२ हजार बढी मतका साथ आचार्य अग्र स्थानमा

पोखरा,जेठ,७-पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर निरन्तर रुपमा बढाउनुभएको छ। उहाँले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको हो।उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले २९ हजार ४१ मत प्राप्त गरेर पछ्याई रहनुभएको छ। त्यस्तै, राप्रपाका मेयरका उम्मेदवार शंकर खरालले ३ हजार ५ सय २० मत प्राप्त […]

स्थानीय निर्वाचन : ६ सय १७ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं,जेठ,६-स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा जनता समाजवादी […]

काठमाडौंमा ६ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं,जेठ,२-काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ । उहाँले ६ हजार भन्दा बढी मत प्राप्त गर्दा मत अन्तर पनि बढाउनुभएको हो ।बालेन्द्रले ६ हजार २ सय ७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका केशव स्थापितले ३ हजार २ सय ४३ मत प्राप्त गर्नुभएको हो । काठमाडौं […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउदै

काठमाडौं,जेठ,२-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा आउदै हुनुहुन्छ । मोदीको भ्रमणको लागि लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ। बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लाग्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि सोमबार बिहान १० बजेर ४० मिनेट जाँदा भारतीय हेलिकप्टरबाट लुम्बिनी भ्रमणमा आउन लाग्नुभएको हो । मोदीको स्वागत प्रधानमन्त्री शेरबहादुर […]

निर्धारित समयमै मतगणना सकिँदैन : निर्वाचन आयोग

काठमाडौं,जेठ,१-निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ । यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हेर्नुहोस् विज्ञप्तिः–

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौं,बैशाख,३१-काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौंमा मतगणना जारी रहदा बालेनले १३० मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा एमालेका केशव स्थापितले १०३ मत प्राप्त गर्नु भएको छ। यस्तै तेस्रोमा कांग्रेसकी सिर्जना सिंहले ९५ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको […]

एमालेलाई अर्को सफलता गोलाप्रथाबाट वडाध्यक्षमा विजयी

काठमाण्डौं,बैशाख,३१-मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शनिवार बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए । दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  गुरुङ यसअघि […]