निर्धारित समयमै मतगणना सकिँदैन : निर्वाचन आयोग

काठमाडौं,जेठ,१-निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ । यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हेर्नुहोस् विज्ञप्तिः–

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौं,बैशाख,३१-काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौंमा मतगणना जारी रहदा बालेनले १३० मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा एमालेका केशव स्थापितले १०३ मत प्राप्त गर्नु भएको छ। यस्तै तेस्रोमा कांग्रेसकी सिर्जना सिंहले ९५ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको […]

एमालेलाई अर्को सफलता गोलाप्रथाबाट वडाध्यक्षमा विजयी

काठमाण्डौं,बैशाख,३१-मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शनिवार बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए । दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  गुरुङ यसअघि […]

निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भयो : आयोग

काठमाडौं,बैशाख,३०-निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एउटा वडामा बाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो । उहाँका अनुसार पौने पाँच बजेसम्म ६० प्रतिशत मत खसेको छ । मतदान […]

दोलाखामा मतदानको क्रममा दुई पक्षबीच झडप, प्रहरीले चलायो गोली

दोलखा,बैशाख,३०-स्थानीय तहका ७ सय ५३ वटै स्थानमा आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । तर दोलखाको बैत्यश्वरमा मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो ।दुई पक्षबीच झडसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको छ । मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस, एमाले कार्यकर्ताले मतदान केन्द्रमा समेत […]

आज स्थानीय तहको निर्वाचन हुदैं, १ करोड ७७ लाखले मतदान गर्दै

काठमाडौं,बैशाख,३०-आज देशभर स्थानीय तहको निर्वाचन हुदैंछ ।मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, […]

बैशाख ३० गते देशभर निर्वाचन, चुनावी तयारी पुरा : निर्वाचन आयोग

काठमाडौं,बैशाख,२९-स्थानीय तह सदस्यको निर्वाचन वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ ।जसको लागि अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी स्थानमा तयारी पूरा हुने क्रममा रहेको निर्वाचन आयोग, नेपालले बताएको छ ।  काठमाडौंमा पनि स्थानीय तहको निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन् ।सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसककेको आयोगले बताएको छ […]

शुक्रबार स्थानीय तहको निर्वाचन, मतदान केन्द्रमा जाँदा ध्यानदिनुपर्ने कुरा

काठमाण्डौं,बैशाख,२९-वैशाख ३० गते भोली शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदै छ। मतदान केन्द्रमा जाँदा के कुरामा ध्यान दिनुपर्छ भनेर निर्वाचन आयोगले जानकारी गराएको छ। आयोगका अनुसार निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका २०७८ ले विभिन्न व्यवस्था गरेको छ।   मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना […]

स्थानीय निर्वाचनमा बढे महिला उम्मेदवार, कुन दलबाट कति ?

काठमाडौं,बैशाख,२८-बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवारको संख्या केही बढेको छ । महानगरपालिका, उपमहानगर र नगरपालिकाको प्रमुखमा ३ हजार पाँच सय १७ उम्मेदवार हुँदा २ सय ६८ जना मात्र महिला छन् । यस्तै उपप्रमुखमा २ हजार १ सय ७५ जना उम्मेदवारी दिँदा १ हजार ५ सय ६८ महिला छन् । यसैगरी […]

एमालेले लगाएको ६७ बुँदे आरोपको कांग्रेसले प्रतिवाद गर्दै

काठमाण्डौं,,बैशाख,२६-सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ।  एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो।  कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण […]