काठमाडौं,बैशाख,३०-आज देशभर स्थानीय तहको निर्वाचन हुदैंछ ।मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, […]
राजनीति
बैशाख ३० गते देशभर निर्वाचन, चुनावी तयारी पुरा : निर्वाचन आयोग
काठमाडौं,बैशाख,२९-स्थानीय तह सदस्यको निर्वाचन वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ ।जसको लागि अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी स्थानमा तयारी पूरा हुने क्रममा रहेको निर्वाचन आयोग, नेपालले बताएको छ । काठमाडौंमा पनि स्थानीय तहको निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन् ।सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसककेको आयोगले बताएको छ […]
शुक्रबार स्थानीय तहको निर्वाचन, मतदान केन्द्रमा जाँदा ध्यानदिनुपर्ने कुरा
काठमाण्डौं,बैशाख,२९-वैशाख ३० गते भोली शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदै छ। मतदान केन्द्रमा जाँदा के कुरामा ध्यान दिनुपर्छ भनेर निर्वाचन आयोगले जानकारी गराएको छ। आयोगका अनुसार निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका २०७८ ले विभिन्न व्यवस्था गरेको छ। मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना […]
स्थानीय निर्वाचनमा बढे महिला उम्मेदवार, कुन दलबाट कति ?
काठमाडौं,बैशाख,२८-बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवारको संख्या केही बढेको छ । महानगरपालिका, उपमहानगर र नगरपालिकाको प्रमुखमा ३ हजार पाँच सय १७ उम्मेदवार हुँदा २ सय ६८ जना मात्र महिला छन् । यस्तै उपप्रमुखमा २ हजार १ सय ७५ जना उम्मेदवारी दिँदा १ हजार ५ सय ६८ महिला छन् । यसैगरी […]
एमालेले लगाएको ६७ बुँदे आरोपको कांग्रेसले प्रतिवाद गर्दै
काठमाण्डौं,,बैशाख,२६-सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ। एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो। कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण […]
राष्ट्रपतिद्वारा आगामी जेठ ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं,बैशाख,२६-राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मंगलबारका लागि संसद अधिवेशन बोलाउनुभएको हो । आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही […]
आयोगले सोध्यो सत्ता गठबन्धन निकट पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं,बैशाख,२५-निर्वाचन आयोगले सत्ता गठबन्धन निकट रहेका पत्रकार पत्रकार संगठनहरुसंग २४ घण्टे स्पष्टकिरण सोधेको छ । सत्ता गठबनधन निकट रहेका पत्रकार संगठनका अध्यक्षहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरेका थिए । सो आग्रह निर्वाचन आचार संहिता विपरित भएको भन्दै त्यसलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । […]
एमालेले मधेशका नागरिकमा भ्रम छर्ने प्रयास गरेको प्रचण्डको भनाई
काठमाडौं,बैशाख,२४-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ । चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहाका क्रममा जनकपुुर पुगेका अध्यक्ष प्रचण्डले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताउनुभयो । अहिले एमालेले सामन्ती र […]
स्थानीय तह निर्वाचन : आज सबै जिल्लामा मतपत्र पुग्छ :आयोग
काठमाडौं,बैशाख,२३-निर्वाचन आयोग नेपालले आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ । बिहीबार आयोगले नियमित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख २३ गते आज (शुक्रबार) सम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी […]
ओली महागफाडी हुन् गफमा विद्यावारिधि गरेका छन् झुक्याउन् :अध्यक्ष नेपाल
चितवन,बैशाख,२२-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली ‘वयलगाडा दर्शन’ का प्रवर्तक रहेको बताउनु भएको छ । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै नेपालले केपी ओलीले भ्रम र गफको खेती गर्ने नेता रहेको बताउनु भएको हो। ‘केपी ओलीज्यूको बखान गर्न जरुरी छैन । हजार जीव्रा भएका शेष नागको व्याख्या गर्न सकिदैन । उनी […]