आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं,असार,१०-राष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्ने भएको छ ।बैठक दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ ।

स्वास्थ्यमन्त्री खतिवडाले नै ‘औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायत कार्यसूची रहेको बताइएको छ ।