आठौं “समर कप”को उपाधी खुकुरी एफसीलाई

टोकियो,जापान,भाद्र,२२-आठौं “समर कप” फुटसल प्रतियोगीताको उपाधी खुकुरी एफसीले जितेको छ। श्री गणेश खुकुरी एफसीको आयोजनामा आज शनिवार भएको फाईनल खेलमा खुकुरी एफसीले सुपरएट एफसीलाई ३-२ गोलले हराउदै उपाधी जितेको हो। खेलको पहिलो हाफमा गोल व्यहोरी सकेको खुकुरी एफसी भने दोस्रो हाफमा खेलमा फर्किएको थियो। उक्त प्रतीयोगीतामा प्रथम हुने हुदैँ खुरदुरी एफसीले ५ लाख ११ हजार […]

आज तिजको दर खाने दिन

काठमाडौं,भदौ,२०-हिन्दु नेपाली महिना नारीहरुको महान पर्व हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज दर खाई मनाईदै छ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ।माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ।जसले व्रतका दिन आडिलो बनाउँछ।तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका […]

कांस्य जितेकी पलेशाले ६५ लाख रुपैयाँ पाउने

काठमाडौं,भाद्र,१५-पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिईन्। के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन् । नेपाली खेलकुदको इतिहासमै पारा ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल भइन् । पलेशाले […]

फुकुओकामा नेपाली एकता समाज (कुरुमे) गठन

टोकियो,भदौ,३-जापानको फुकुओकामा नेपाली एकता समाज (कुरुमे) गठन भएको छ। बिष्णु बहादुर तामाङको अध्यक्षतामा ११ सदस्य नेपाली एकता समाज (कुरुमे) को आइतबार स्थापना गरिएको थियो। यसैबिच: नेपाली एकता समाज गठन पश्चात बोल्दै अध्यक्ष तामाङले “भन्नुभयो” कुरुमे वरिपरी नेपालीहरुको बढ्दो अवस्था र यस क्षेत्रमा नेपाली समाज नभएको र त्यसको आवश्यकतालाई महशुश गरेर समाजको स्थापना गरेको  जानकारी दिनुभयो। […]

जापान रेमिट फाईनान्सको ‘ब्राण्ड एम्बेसडर’मा रवि ओड नियुक्त

टोकियो,जापान,साउन,२-जापान रेमिट फाईनान्सले लोकप्रिय गायक तथा सिजन-२ नेपाल आइडलको विजेता रवि ओडलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ। लोकप्रिय गायक रवि ओडको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस्। रविसँगको सहकार्यले जापानमा रहेका नेपालीहरूका लागि जापान रेमिट फाईनान्सबाट रेमिटेन्स सेवाहरूमा प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।  ब्राण्ड एम्बेसडर नियुक्तिको एक कार्यक्रममा […]

चीनले मेकङका पाँच राष्ट्रलाई समर्थन गर्ने

टोकियो,जापान,भजन,१-चीनले थाइल्याण्ड, भियतनाम, कम्बोडिया, लाओस र म्यानमारसँग विभिन्न पूर्वाधार परियोजनाहरूमार्फत सम्बन्ध बढाउने योजना बनाएको छ। परराष्ट्रमन्त्री वाङ यीले शुक्रबार उत्तरी थाइल्याण्डको चियाङ माईमा पाँच मेकोङ क्षेत्रका राष्ट्रका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको थियो। सहभागीहरूले मेकोङ नदीको खडेरी र बाढीको प्रतिरोधलाई सुधार गर्ने योजना बनाएको बताएका छन्।  सहभागीका अनुसार PM २.५ भनेर चिनिने वायुजन्य प्रदूषकहरूलाई सीमाहरू पार गर्नबाट […]

जापानमा शक्तिशाली आँधीपछि जनजीवन सामान्य बन्दै

टोकियो,भद्र,१-जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा शक्तिशाली आँधीपछि जनजीवन सामान्य बन्दै गएको छ। शक्तिशाली आँधी टाईफुन आउने भए पछि शुक्रवार जापानका टोकियो र आसपासका क्षेत्रमा कार्यालय र यातायात सेवाहरु थप्प पारिएको थियो।तर ती सबै सेवाहरू आज शनिवार बाट भने सामान्य अवस्थामा नै फर्किएको छ। टाइफुन अहिले जापानको मुख्य टापुको प्रशान्त तटबाट पूर्व-उत्तरपूर्व सर्दैछ।जापानको मौसम विज्ञान एजेन्सीका […]

टोकियोमा पहिलो पटक क्षत्री समाज गठन

टोकियो,साउन,२८-जापानको राजधानी टोकियोमा पहिलो पटक क्षत्री समाज गठन भएको छ।नरेशबहादुर जिसी क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती चयन गरिएको हो। यस्तै समाजको उपाघ्यक्षमा शुक बहादुर के.सि. सचिवमा सरोज कार्की,सहसचिवमा एस.बि. साउॅंद र कोषाध्यक्षमा रोशन प्रताप क्षेत्री रहनुभएको छ। कार्यक्रममा बोल्दै वृहत्त क्षेत्री समाजको एकता र संगठनको आवश्यकता महशुस गरी टोकियोमा पहिलो पटक समाज गठन गरिएको अध्यक्ष […]

“घरज्वाइँ”फिल्म टोकियोमा प्रदर्शन

टोकियो,जापान,साउन,२७,अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनित फिल्म ‘घरज्वाइँ” फिल्म आज अगस्ट ११ तारिख आईतवार टोकियोमा प्रदर्शन भएको छ। नेपाल मगर संघ जापानको आयोजनामा प्रदर्शन भएको “घरज्वाइँ” फिल्मका अभिनेत्री मिरुना मगरले दर्शक संगै बसेर  फिल्म हेरेका थिए। नेपाल मगर संघ जापानको आयोजनामा यो फिल्म जापानव्यापी रिलिज हुनेछ।यो फिल्म जापानका विभिन्न शहरहरुमा लाग्नेछ,यस्तै अगष्ट १४ […]

अल स्टार एफसीको BBQ कार्यक्रम पार्टी सम्पन्न

टोकियो,साउन,२७-जापानको राजधानी टोकियोमा रहेको अल स्टार एफसीले BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको छ। विगत ७,८ वर्ष देखी टोकियोमा बस्दै आईरहेका प्रवासी नेपालीले समुदायले संचालन गरेको अल स्टार एफसीले आज आईतवार खासाई रिन्काई पार्कमा एक औपचारिक कार्यक्रम गर्दै BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको हो। अल स्टार एफसीले लामो समय देखी नै टोकियोमा आयोजना हुने फुटसल प्रतियोगितामा सहभागिता […]