काठमाडौं,साउन,३-नेपाली कांग्रेस संसदीय दलको बैठक आज “आइतबार” बस्ने भएको छ।प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।
आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो।
सर्वोच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाइसकेको छ।यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस अब सत्तारुढ दलका रुपमा संसदमा भूमिका निर्वाह गर्नेछ ।
सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिए अनुसार देउवा प्रधानमन्त्री नियुक्त भइसक्नु भएको छ ।