एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६-६ लाख दिने सरकारको निर्णय

kharibotकाठमाडौँ,बैशाख,२०-सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६-६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य प्रशिक्षकसहित क्रिकेट खेलाडीलाई जनही ६-६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३-३  लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।

मंगलबार भएको फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको थियो । एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ ।एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ ।

साथै सरकारले टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो।