टोकियोमा एन्फा जापानले सुरु गर्यो निशुल्क फुटबल ट्रेनिङ

फाईल तस्विर ।।

टोकियो,असोज,१-प्रवासी नेपाली समुदायको बालबालीकालाई लक्षित गर्दै जापान नेपाल फुटबल सङ्घ (एन्फा जापान)ले निशुल्क फुटबल ट्रेनिङ सञ्चालन गरेको छ।

एण्फा जापानका अध्यक्ष शिव खड्काले भाद्र ३० गते देखी तालिम प्रारम्भ गरेको जानकारी दिनुभयो।उहाँले भन्नुभयो टोकियो आसपासमा भएका १४ वर्षमूनीका (अण्डर १४)को बच्चाहरू लाई निशुल्क ट्रेनिङ सञ्चालन गरिएको बताउनुभयो।

उहाँका अनुसार अब हरेक शनिबार र आइतबार निःशुल्क ट्रेनिङ सञ्चालन हुनेछ।फुटबलमा रुची रहेका बालबालिकालाई ट्रेनिङमा पठाउन अभिभावकलाई  एन्फा जापानले अनुरोध गरेको जानकारी दिनुभयो।

अध्यक्ष खड्काले भन्नुभयो यस्तो किसिमको फुटबल ट्रेनिङले भविष्यमा नेपाली राष्ट्रिय टिममा खेल्न सक्ने गरि खेलाडी उत्पादन गर्ने आफूहरुको लक्ष्य रहेको जानकारी दिनुभयो।