
टोकियो,फाल्गुन,१५-नेपाली गीत संगितको बजारमा गायीका संगिता थापा मगर र खेम सेञ्चुरीको सुमधुर आवाजमा “धेरै नरिसाउ” बोलको नयाँ लोक तथा दोहोरी गित सार्वजनिक भएको छ।
आज बिहिवारको दिन लोक तथा दोहोरी गायीका संगिता थापा मगरको अफिसियल यूटुव च्यानल मार्फत“धेरै नरिसाउ” बोलको गित सार्वजनीक भएको हो।
लामो समय देखी अमेरिकामा बस्दै आउनु भएका गायीका संगिता थापा मगरले अहिलेको निकै लोकप्रिय सर्जक तथा चर्चीत गायक खेम सेन्चुरी संग “चिनी झैं मायामा नुन नमिसाऊ, म त फकाउन सक्दिन धेरै नरिसाउ” बोलको नयाँ गित बजारमा ल्याउनु भएको हो।
यस गितको लय शब्दले जो कोहि नेपाली दर्शक श्रोताको मन पक्कै जित्नेछ।यस गितको म्यूजिक भिडीयोमा चर्चीत अभिनेता पुष्प खड्का र मोडल सनिशा भट्टराईले अभिनय गरेका छन्।निकै रोमान्टिक भावको यो गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ।
यो गीतमा रमेश परियारको शब्द रहेको छ भने विश्वास नेपालको संगीत छ।यस्तै विक्रम चौहान र राजाराम सिनखडाको कोरियोग्राफी तथा विक्रम चौहानकै निर्देशनमा बनेको यो गीतको भिडियोमा नवराज उप्रेतीको टिमले छायांकन र मिलन विश्वतर्माको सम्पादन रहेको छ।
ताकि यस गितले नेपाली श्रोता दर्शकको मन पक्कै जित्नेछ भन्नेमा हामी विस्वस्त छौं।बढी भन्दा बढी यस गितले चर्चाको शिखर चुम्न सफल रहोस्, हरेक श्रोता दर्शकको मन मस्तिष्कमा बस्न सफल रहोस्, भन्दै हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट गायीका संगिता थापा मगर ज्यूलाई सफलताको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।
यहाँको कलाकारीताको क्षेत्रमा आगामी यात्रा अझै राम्रो हुदैं जाओस्, नेपाली गित संगितको बजारमा नयाँ नयाँ प्रस्तुतीहरु प्रस्तुत गर्दै जानुहोला यहि शुभेच्क्षा व्यक्त गर्दछौ।
साथै : नेपाली गित संगित र नेपाली कलाकारलाई माया गरौं, जय गित, जय संगित ।।
पुरा भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ॥