सुन्दर,शान्त र समृद्ध बुढिनन्दा नगर बनाउने पहिलो धेय रहेको नेताः गिरी

रमित बि.क.

बाजुरा जेठ,२२

नेपाली काँग्रेस महाअधिबेशन प्रतिनधि युवा नेता एवं बुढिनन्दा नगरपालिकाका मेयरका उम्मेदवार पदम गिरीले सुन्दर,शान्त र समृद्ध नगरपालिका बनाउने पहिलो धेय आफुसंग रहेको बताउनुभएको छ ।

सोमवार विहान रेडियो पौरखीको कार्यक्रम समय चक्रमा बोल्दै नेता गिरीले भन्नुभयो ः “मार्तडी कोल्टी सडकखण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेको छु ।

मार्तडी कोल्टी सडकखण्डलाई बिषेश स्तर उन्नतीका लागी आफुले जोड दिनुका साथै बाह्रै महिना गाडी चल्ने बनाउने पहिलो लक्ष्य रहेको र यसैगरी यातायात,पर्यटकीय क्षेत्र,बिद्युत,शिक्षालाई बिशेष जोड दिनेबताउनुभएको छ ।

खानेपानीको हाहाकार भएको कोल्टी पनि सुद्ध खानेपानी व्यवस्थाका लागि लागीपर्ने बताउनुभएका छ ।

त्यसैगरी,शिक्षा क्षेत्रमा गुणस्तर बृद्धि गर्ने बताउनु भएको छ । नगरबासीका तत्कालका आवश्यकताहरु समस्या समाधानका लागी पहल गर्न आफु प्रतिबद्ध भएको बताउनुभएको ।

आफुले जित्ने पहिलो आधार भनेको संगठन र जनताको जनमत भएको बताउँदै कार्यकर्ता भेटघाट तथा प्रचार प्रसारमा भ्रम प्रचार नगरी आफुले गर्ने सक्ने कुरा मात्र जनतालाई आस्वासन दिएको छु ।

तर,अन्य पार्टीका नेताहरुले भ्रमित प्रचार गरेको आरोप मेयर पदका उम्मेदवार गिरीले बताउनुभएको छ।

नेकपा एमालेले बृद्धभत्तालाई मात्र गाउँमा प्रचार गरी हिडेको बताउँदै एमालेले आफुहरुलाई भोट नदिए बृद्धभत्ता भत्ता काटिदिने भनेर जनतालाई भ्रमित पारेको प्रति दुःख व्यतm गर्नुभएको छ ।

उहाँले प्रचारका क्रममा काँग्रेसले गर्न सक्ने योजनाको मात्र जनतालाई आस्वासन दिदै आएको बताउनुभएको छ ।