बुढेसकालमा छुट्टिनुपर्दा रोइरहेका वृद्धदम्पतीको कथा

ह्वील चेयरमा बसिरहेका वृद्ध दम्पति । ८३ वर्षीय वोल्फ्राम गटसल्क र उनकी पत्नी ८१ वर्षीय अनिता । क्यानडाको एक वृद्धदम्पत्ती ६२ वर्षदेखि सँगै थिए ।

एउटै वृद्धाश्रममा कोठा नपुगेपछि उनीहरु छुट्टिएर बसिरहेका छन् ।  उनीहरू छुट्टाछुट्टै वृद्धाश्रममा बसिरहेका छन् । यो वृद्ध जोडीको कथा(व्यथा जब उनीहरूकी नातिनीले सार्वजनिक गरिन्, तब यी वृद्ध जोडीको तस्बिर भाइरल भयो ।

२९ वर्षीय एस्लेले हजुरबा–आमा वृद्धाश्रममा सँगै बस्ने ठाउँ नभएकाले अलग हुनुपरेको बताएकी छिन् । केही दिनअघि एस्लेले हजुरबा(आमाको फोटो फेसबुकमा राखेकी थिइन् । फेसबुकमा उनले लेखेकी थिइन्– ‘जीवनमा मैले लिएको सबैभन्दा भावुक तस्बिर ।’

उनले फेसबुकमा राखेको केही समयमा नै हजारौंले उक्त फोटो सेयर गरेका छन् ।