फुटबल रंगशालामा भागदौड मच्चिदा, १७ जनाको मृत्यु

एजेन्सी, माघ २९ – अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो ।

भागदौडमा केही व्यक्ति पछारिएको र त्यहीमाथि अरु मानिसले कुल्चिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।८ हजार व्यक्ति अटाउने क्षमताको उक्त रंगशालामा भीड बढेपछि उक्त घटना भएको हो ।साभार ईमेज खबरबाट