काठमाण्डौं,भदौं,२-साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग भिड्ने भएको छ। आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले मालेस्थित रंगशालामा आयोजक टोलीसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। दोस्रो खेल ३ अक्टोबरमा श्रीलङ्कासँग खेल्नेछ।८ अक्टोबरमा भारतसँग खेल्ने नेपालले चौथो तथा अन्तिम खेल बंगलादेशसँग खेल्नेछ। समूहका शीर्ष स्थानमा रहने दुई टोलीले १३ अक्टोबरमा उपाधिका लागि खेल्नेछन्।साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनलमा […]
खेल
मेस्सी पीएसजीमा अनुबन्धित
काठमाडौं,साउन,२७-अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । पीएसजीले अर्जेन्टिनाका कप्तान मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर […]
१३औं साफ असोज १५ देखि २७ सम्म माल्दिभ्समा हुने
काठमाडौं,साउन,२५-१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ(साफ)को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिनुभयो। १३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र […]
देशभर आजदेखि ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै
काठमाडौं,साउन,२२-आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज लगाएर २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य […]
१८ वर्षपछि मेस्सीले छाडे बार्सिलोना
काठमाण्डौं,साउन,२२-अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो। मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ। ‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लब दुवैको सम्झौता […]
टोकियो ओलम्पिकको सुटिङको पहिलो स्वर्ण चीनकी याङले जितिन्
काठमाडौं,साउन,९-जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ […]
टोकियो ओलम्पिक:सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टकको पहिलो चुनौती समाप्त
काठमाडौं,साउन,९-टोकियो ओलम्पिक २०२० मा शनिबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् ।राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । सोनियाले महिला ४८ […]
टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला
काठमाडौँ,साउन,३-टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको छ ।जापानको राजधानी टोकियोमा यसवर्ष ओलम्पिक २०२० प्रतियोगिता हुँदैछ। यो प्रतियोगिता गतवर्ष हुने तय भएता पनि कोरोना महामारीका कारण यसवर्ष सरेको हो। प्रतियोगिता अर्कोहप्ताको शुक्रबारदेखि सुरुवात हुँदैछ। ओलम्पिक प्रतियोगिता सुरु हुनै लाग्दा भने ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको हो। शनिबार टोक्यो ओलम्पिक आयोजकले […]
मेस्सीले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गर्ने
एजेन्सी,असार,३०-स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने भएका छन् ।अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोना पाँच वर्षे नयाँ सम्झौता गर्ने पक्का भएको गोल डटकमले जनाएको छ । नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । तर, मेस्सीको ५० प्रतिशत तलब कतौनी हुने बताईएको छ । क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट […]
रोनाल्डोलाई गोल्डेन बुट अवार्ड
एजेन्सी,असार,२८-पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन […]





