काठमाडौं,फागुन,२९-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले ताजा जनादेशको लागि दबाव दिन सडक संघर्षमा जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शनिबार हेडौंडामा भएको कार्यक्रममा थापाले मुलुक राजनीतिक भूमरीमा फस्दै गएकाले यसको निकासका लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो । अध्यक्ष थापाले प्रजातन्त्रको लागि पटक–पटक लडेको कांग्रेस प्रजातान्त्रिक मूल्य मान्यता बिर्सेर कम्युनिष्टहरूसँग अपवित्र गठबन्धन गर्ने […]
राजनीति
प्रधामन्त्रीबाट हटाएर देखाउन फेरि ओलीको चुनौती
काठमाडौं,फागुन,२९-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन फेरि चुनौती दिनुभएको छ।शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उहाँले मोर्चा कसेर आफूलाई प्रधामन्त्रीबाट हटाए पनि २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहन कुनै गाह्रो छैन भन्दै प्रतिपक्षमा बस्न पनि तयार रहेको बताउनुभयो।उहाँले दुईतिहाइको […]
आइपर्यो भने जिम्मेवारीबाट भाग्दिनँ :देउवा
काठमाडौं,फागुन,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्धमा लड्नुपर्ने बेला भएको बताउनु भएको छ ।शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आएको बताउनुभयो। कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले […]
‘कम्युनिष्ट आन्दोलन विघटन गर्न दिइन्न,ओलीजीलाई असफल पारिनेछ’:घनश्याम भूसाल
काठमाडौं,फाल्गुन,२८-नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन विघटन गर्न खोजेको आरोप लगाउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताउनुभयो । ‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै […]
कोरोना खोप अभियान:८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाए
काठमाडौं,फाल्गुन,२८-दोस्रो चरणको कोरोना खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाएका छन् । गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख २७ हजार ९ सय १७ जना जेष्ठ नागरिकले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ६५ वर्षमाथिका कुल जेष्ठ नागरिकको संख्याको ४६ प्रतिशत हो । दोस्रो प्राथमिकताको पहिलो चरणमा […]
शशांक र गगनको एउटै माग:ओलीलाई हटाएर जसरी पनि कांग्रेस सरकार
काठमाडौं,फाल्गुन,२८-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउनुभयो । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताउनुभयो । यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि उहाँले […]
जसपा-कांग्रेस छलफल सकारात्मकःशनिबारदेखि राजनीतिक परिस्थिति अलग हुनसक्ने
काठमाडौं,फाल्गुन,२८-सत्ता समिकरणका लागि भएको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को छलफल सकारात्मक भएको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । ‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, […]
ओलीद्वारा नेपाल पक्षीय नेताको जिम्मेवारी खोसियो, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी पनि हटाइए
काठमाडौं,फाल्गुन,२८-नेकपा (एमाले)को ओली पक्षीय केन्द्रीय समिति बैठकले माधवकुमार नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेको छ । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्दै नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेको हो । योसँगै एमालेको केन्द्रीय सदस्यको संख्या २ सय ६४ पुगेको छ । […]
कार्यालय तोडफोड गर्नेलाई कार्बाही नगरे प्रतिकार गर्छौं : भिम रावल
काठमाडौं,फाल्गुन,२६-सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नलाई कारवाही गर्न माग गर्नु भएको छ। तोडफोडमा संलग्नलाई अविलम्ब कारवाही गर्न उहाँले माग गर्नु भएको हो। घट्नामा संलग्नलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उहाँको आरोप छ। रिपोर्टस […]
ओलीलाई पहिल्यै समर्थन गरिसक्यौं,ठग्ने बाहेक अरु काम गरेनन्ः महतो
काठमाडौं,फागुन,२६-जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले आफ्ना माग पुरा गर्नेहरुप्रति आफूहरुको सहानुभूति हुने बताउनु भएको छ। बुधबार संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले पहिले पनि समर्थन गरेको र ठग्नेबाहेक अरु काम नभएको बताउनुभयो। ओली नेतृत्वबको सरकारमा जाँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा महतोले आफ्ना माग पुरा नभएसम्म सरकारमा […]