धम्कीको भाषा नबोल्नुस्,आँशु चुहाउने पनि नहोलान्ने-नेता योगेश भट्टराई

काठमाडौं,चैत्र,३-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न आग्रह गर्नुभएको छ । बिहीबार र शुक्रबार माधवकुमार नेपाल पक्षले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले धम्कीको भाषाले आफैँलाई सिध्याउने भन्दै त्यस्ता भाषा नबोल्न आग्रह गर्नुभयो । भट्टराईले अहिलेको अवस्थामा विवेकसंगत […]

राष्ट्रपतिद्धारा सर्वदलीय बैठक आह्वान,बैठक अपरान्ह ४ बजे बस्ने

काठमाडौं,चैत,३-राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज (मंगलबार) शीतल निवास (राष्ट्रपतिको कार्यालय) मा सर्वदलीय बैठक बस्दै छ। देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै (सोमबार) पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गर्नु भएको थियो । आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आउन भनिएको जनता समाजवादी पार्टीका संघीय […]

भोलिको संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं,चैत,२-संसद सचिवालयले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ।  सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले संभावित कार्यसूची सार्वजनिक गरेको हो। संभावित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्।  त्यसपछि शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ । सभामुखले संविधानसभा […]

एमालेको नेपाल पक्षले ४ र ५ गतेको कार्यकर्ता भेला नरोक्ने

काठमाडौं,चैत,२-एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गतेका लागि डाकेको कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेट वार्तापछि नयाँ बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो । नेपाल पक्षले प्रधानमन्त्री ओलीले मंगलबारका लागि डाकेको चियापान कार्यक्रममा समेत सहभागी नहुने निर्णय […]

अरुको बुई चढेर सत्तामा जान नहुने पौडेलको धारणा

काठमाडौं,चैत,२-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस अरूको बुई चढेर सत्तामा जान नहुने बताउनुभएको छ । पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो । पौडेलले अहिलेको अवस्थामा संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व […]

फागुन २८ को निर्णय रद्द गरे हाम्रा गतिविधि रोक्छौं-भीम रावल

काठमाडौं,चैत,२-नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले ओलीले पक्षले २८ गते गरेको निर्णय रद्द गरेपछि आफ्ना गतिविधिहरू पनि रोक्ने बताउनुभएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने बताउनुभयो । पार्टीको विधान विपरित, […]

एमाले विवाद:ओली-नेपाल समूहकाे वार्ता सकियो

काठमाडौं,चैत,२-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भेटवार्ता सकिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफल सकिएको हो। पार्टीभित्रको विवाद चर्किएको चार महिनापछि दुई पक्षबीच भेटवार्ता भएको हो।  छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए। नेपाल तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम […]

माओवादी केन्द्रको बैठक सकियो,सोमबार फेरि बैठक बस्ने

काठमाडौं,चैत,१-नेकपा माओवादी केन्द्रले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ।सोमबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रिय कमिटी बैठकले शनिबार सोधेको स्पष्टीकरणको जवाफ नआएपछि कारवाही प्रक्रिया अघि बढाउन औपचारिक पत्र पठाउने निर्णय गरेको हो । सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय कमिटि बैठक बोलाइएको हो।सर्वोच्चको फैसलापछि पनि पार्टीमा […]

प्रधानमन्त्री ओलीले गरे २१० स्थानीय तहको केन्द्र जोड्ने सडक शुभारम्भ

काठमाडौं,चैत,१- प्रधानमन्त्री केपी ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गर्नुभएको हो । सरकारले २१० स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माणका लागि चालु आर्थिक […]

लहानमा बम विस्फोट:७ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौं,चैत,१-सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।विस्फोटमा मालपोत कार्यालयका कर्मचारी शिवकुमार यादवसहित सात जना सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोलाबहादुर पाछे मगर, धनगढीमाइ ४ दिनेशकुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ । घटनास्थलमा भूमिगत तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।सरकारले आफ्ना मागहरु […]