वामदेवलाई हराउने ओली नै हुन्, मलाई झण्डै हराएका थिए–माधव नेपाल

काठमाडौं,चैत,२२-नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासामात्र गरिररहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै उहाँले ओलीले पार्टीलाई गलत बाटोमा लगेको र बालुवाटारमा बसेर तमासा गरेको बताउनुभयो । दुई तिहाइको सरकार बनेपछि कम्युनिष्ट पार्टीले अझ राम्रो काम गर्लान् भन्ने अपेक्षा रहेको भए पनि ओली सरकारले […]

ओली सरकारले नैतिक र राजनीतिक आधार गुमाइसक्यो : कांग्रेस

काठमाडौं,चैत,२१-नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको छ। पार्टी कार्यालयका कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कमिटीको बैठकको ७ बुँदे निर्णय सार्वजनिक गर्नु भएको हो । कांग्रेसको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नो नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णयसमेत गरेको थियो।  नपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ वैशाख १७ गते सम्पन्न बैठकले […]

माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं,चैत,२१-प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार देशभरका १ सय ६५ सडक सञ्जालको शिलान्यास गर्दै उहाँले आफ्नो राजीनामा माग्नेहरूलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिनुभयो । हरेक दिन आफ्नो राजीनामा मागिएको भन्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लेउभन्दा पनि नलिएको बताउनुभयो । […]

ओम्नी घोटाला:तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई कारबाही गर्न सिफारिस

काठमाण्डौं,चैत,२०-कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग […]

प्रधानमन्त्री ओलीले चैत २३ भित्रै विश्वासको मत लिनुपर्छ : गुरुङ

काठमाडौं,चैत,१८-नेकपा माओवादी केन्द्रका मुख्य सचेत देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको संवैधानिक र कानुनी हैसियतमाथि प्रश्न उठाउनु भएको छ । बुधबार प्रतिनिधि सभामा बोल्दै मुख्य सचेतक गुरुङले सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजनसम्बनधी फैसला गरेको भन्दै यस्तो अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत दिनु पर्ने बताउनुभयो । उहाँले सर्वोच्चको फागुन २३ फैसलाले […]

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं,चैत,१५-प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो । सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार त्यस क्रममा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनका विषयमा छलफल भएको थियो । उहाँहरुबीच करिब दुई घण्टा कुराकानी भएको हो ।प्रतिनिधिसभा पुनर्स्थापित भए […]

परिवर्तन नचाहनेहरुको ‘दलाल’ र ‘मोहरा’ बने ओली-प्रचण्ड

काभ्रे,चैत,११-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली परिवर्तन नचाहने शक्तिको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाउनुभएको छ । धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको भेलामा दाहालले २०६२/०६३ पछिको परिवर्तन नरुचाउनेहरुले ओलीलाई प्रयोग गरेको दाबी गर्नुभयो । संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिष्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्नेहरुले […]

असली एमाले आफूहरु भएको माधव नेपालको दावी, ओलीलाई बिमाले सिमालेको संज्ञा

काठमाडौं,चैत,१०-नेकपा एमालेका नेता माधवकुमार नेपालले असली नेकपा एमाले आफूहरु भएको जिकीर गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई बिमाले, सिमालेको संज्ञा दिनुभएको छ । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले अध्यक्ष ओलीलाई पार्टी छाडेर गए हुने भन्दै भन्नुभयो, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’ केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने […]

कांग्रेसको सरकार आएपछि प्रहरीलाई ठेगान लगाउने देउवाको चेतावनी

काठमाडौं,चैत,१०-नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाउनुभएको छ । मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै खुलेरै विरोध गर्नुभयो । देशभरका जनता कांग्रेस हुने क्रम दैनिक बढिरहेको अवस्थामा […]

दुई दिने भ्रमण सकेर राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौं,चैत,१०-दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्कनुभएको हो । राष्ट्रपति भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । भण्डारीले त्यहाँ रहँदा राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना लगायतका उच्चस्तरीय भेटघाटमा व्यस्त […]