काठमाडौं,बैशाख,५-राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेजीपछि रिक्त सिटका निर्वाचन गर्नका लागि आज आइतबारबाटै काउन्टडाउन (दिनगन्ती) सुरु भएको छ। नेकपा (माओवादी केन्द्र) को तर्फबाट राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित थापा एमाले पार्टीमा प्रवेश गरेपछि उहाँलाई माओवादी पार्टीले कारबाही गरेको थियो। सम्बन्धित पार्टीले कारबाही गरेपछि दल त्याग ऐनको व्यवस्थाअनुसार राष्ट्रिय सभाले उहाँको पद रिक्त […]
राजनीति
मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका तीन सांसद् पार्टीबाट निस्कासित
काठमाडौं,बैशाख,४-नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । शनिबार बसेको प्रदेश कमिटीकोे बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निस्कासन […]
‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय
काठमाडौं,बैशाख,४-नेकपा एमालेले फ्लोर क्रस गर्ने आफ्ना चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि बसेको कर्णाली प्रदेश सभा एमाले संसदीय दलको बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उता कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोरक्रस गर्ने सांसदहरुले राजनीतिक […]
मुख्यमन्त्री शाहीले पाए विश्वासको मत,एमाले सांसदले गरे फ्लोर क्रस
काठमाडौं,बैशाख,३-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मतको लागि राखिएको प्रस्तावमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाउनुभएको हो । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए।मुख्यमन्त्री […]
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं,चैत,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रवक्ता शर्माले नेपालखबरलाई जानकारी दिनुभयो। सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। […]
नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बस्दै
काठमाडौं,चैत,२७-नेपाली कांग्रेसले नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बोलाईएको छ। कांग्रेसले नयाँ सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गर्न लागेको हो । छलफल शुक्रबार दिउँसो ३ बजे बोलाईएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनभुयो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेको अवस्थामा […]
माओवादीबाट एमाले प्रवेश गरेका चार नेताको मन्त्री र सांसद पद खारेज
काठमाडौं,चैत,२६-नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराउनुभएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, […]
कांग्रेसभित्र कुनै विवाद छैन : देउवा
काठमाडौं,चैत,२५-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नविन्द्रराज जोशीको निधनले पार्टीले नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ । स्वर्गीय जोशीको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो । उहाँले जोशीमा नेतृत्व गर्न सक्ने क्षमता थियो भन्दै जोशीको निधनले […]
मैमाथि बम हान्ने थापालाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड
काठमाडौं,चैत,२४-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताउनु भएको छ । मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री र केही पनि आधार नभएका मणि थापालाई स्थायी समितिमा लैजानु गल्ती भएको बताउनु भएको हो। ‘संविधानसभाको निर्वाचन २०७० सालमा […]
महन्थ ठाकुर र पौडेलीच भेट,नयाँ सत्ता समीकरण विषयमा छलफल
काठमाडौं,चैत,२२-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई भेट्न उहाँकै निवास हात्तिवनमा पुग्नुभएको थियो।पौडेल र ठाकुरबीच समसामयिक राजनीति र नयाँ सत्ता समीकरण विषयमा छलफल भएको बताइएको छ । छलफलमा पौडेलले ठाकुरसँग कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्नुपर्ने भन्दै […]
