एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितीको ७ औं अधिबेशन जेठमा

अधिवेशनको तयारी तिव्र

फाईल तस्विर !!

फुकुओका,जापान,बैशाख,२१-आसन्न एन आर एन ए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको ७ औं अधिबेशन जेठ महिनामा हुने भएको छ।

अधिवेशनको तयारी तिब्र रुपमा भैईरहेको संघले जनाएको छ। ७ औं अधिवेशनको अन्तिम मिती यहि जेठ २२ गते शनिबार सम्म तोकिएको छ ।

निर्वाचन भने जेठ २५ गते अर्थात (जुन ८ तारिख)का दिन योसिजुका स्टेसन नजिकै रहेको फुकुओका केन चियु सो किगो सिन्को सेन्टर हालमा मध्यान्न १२ बजे हुनेछ ।

सोमबार गैरआवासीय नेपाली संघ जापान ,क्युस्यु क्षेत्रीय कार्यसमितिका संयोजक श्री देबराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले अधिंवेशन भव्य,सव्य रुपमा सम्पन्न गर्न अपिल गर्दै  ७ औं अधिबेसन सम्बन्धि केहि निर्णयहरु गरेको सचिव अर्जुन थापाले जानकारी दिनुभयो ।

सचिव थापाका अनुसार निर्वाचन सम्बन्धि थप जानकारी निर्वाचन कमिटिले दिने बताउनुभयो ।

बैठकले गरेका निर्णयहरु जस्ताको त्यस्तै !!

अधिबेशन मिति : २०२१/०६/५ तारिख
समय : मध्यान्न १२ बजे देखि
आनलाइन निर्वाचन : २०२१/०६/०८ तारिख
अधिबेशन स्थान : 福岡県中小企業振興センター 
Address 福岡市博多区吉塚本町9-15
निर्वाचन कमिटि
टंक गैरे सल्लाहकार
धर्म राज अधिकारी सल्लाहकार

सन्तोष थापा संयोजक
लक्ष्मण बानिया सदस्य
छत्र दाहाल सदस्य
किरण बर्मा सदस्य
देवराज उप्रेती सदस्य
6. उम्मेद्वारी शुल्क
संयोजक १००,००० येन
उपसंयोजक ८०,००० येन
उपसंयोजक महिला ८०,००० येन
सचिब ७०,००० येन
सह-सचिब ६०,००० येन
कोषाध्यक्ष ५०,००० येन
सह-कोषाध्यक्ष ४०,००० येन
सदस्य निर्वाचित २०,००० येन
सदस्य महिला २०,००० येन
सदस्य बिद्यार्थी २०,००० येन
सदस्य मनोनित १०,००० येन