काठमाडौं,चैत,१५-प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो । सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार त्यस क्रममा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनका विषयमा छलफल भएको थियो । उहाँहरुबीच करिब दुई घण्टा कुराकानी भएको हो ।प्रतिनिधिसभा पुनर्स्थापित भए […]
राजनीति
परिवर्तन नचाहनेहरुको ‘दलाल’ र ‘मोहरा’ बने ओली-प्रचण्ड
काभ्रे,चैत,११-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली परिवर्तन नचाहने शक्तिको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाउनुभएको छ । धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको भेलामा दाहालले २०६२/०६३ पछिको परिवर्तन नरुचाउनेहरुले ओलीलाई प्रयोग गरेको दाबी गर्नुभयो । संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिष्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्नेहरुले […]
असली एमाले आफूहरु भएको माधव नेपालको दावी, ओलीलाई बिमाले सिमालेको संज्ञा
काठमाडौं,चैत,१०-नेकपा एमालेका नेता माधवकुमार नेपालले असली नेकपा एमाले आफूहरु भएको जिकीर गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई बिमाले, सिमालेको संज्ञा दिनुभएको छ । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले अध्यक्ष ओलीलाई पार्टी छाडेर गए हुने भन्दै भन्नुभयो, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’ केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने […]
कांग्रेसको सरकार आएपछि प्रहरीलाई ठेगान लगाउने देउवाको चेतावनी
काठमाडौं,चैत,१०-नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाउनुभएको छ । मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै खुलेरै विरोध गर्नुभयो । देशभरका जनता कांग्रेस हुने क्रम दैनिक बढिरहेको अवस्थामा […]
दुई दिने भ्रमण सकेर राष्ट्रपति स्वदेश फिर्ता
काठमाडौं,चैत,१०-दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्कनुभएको हो । राष्ट्रपति भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । भण्डारीले त्यहाँ रहँदा राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना लगायतका उच्चस्तरीय भेटघाटमा व्यस्त […]
प्रधानमन्त्री ओलीले संसद्को अपमान गरे : गगन थापा
काठमाडौं,चैत,१०-नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको आरोप लगाउनुभयो । मंगलबार संघीय प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उहाँले प्रधानमन्त्रीले आफूमाथि वर्षिने प्रश्न छल्न खोजेको आरोप लगाउनु भएको हो । प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको उहाँको भनाइ छ।उहाँले भन्नुभयो, ‘जति दिन यो […]
राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्री हसिनाको भेटवार्ता
काठमाडौं,चैत,९-राष्ट्रपति विद्यादेवी भण्डारीसँग बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाले राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा भेटवार्ता गर्नुभएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुबै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्तामा दुई देशबीचको […]
एमालेका चार नेताले ओली पक्षले सोधेको प्रष्टीकरण नबुझाउने
काठमाडौं,चैत,९-नेकपा एमालेमा पार्टी हितविपरित काम गरेको भन्दै अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपालसहितका नेतालाई तीन दिने स्पष्टीकरण सोधे पनि जवाफ भने नपाउने भएका छन् । अवैध केन्द्रीय कमिटीलाई स्पष्टीकरण सोध्ने अधिकार नै नभएको भन्दै उनीहरुले जवाफ नदिने भएका हुन् । अध्यक्ष ओली पक्षले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई तीन […]
काँग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं,चैत,९-नेपाली काँग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दैछ । केपी ओली नेतृत्व सरकारको विकल्प खोज्न नेपाली कांग्रेसले अग्रसरता नलिएको भन्दै आलोचना भइरहेका बेला सभापति शेर बहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाउनु भएको हो। पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ […]
राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान,भ्रमणका क्रममा केही विषयमा सम्झौता गरिने
काठमाडौं,चैत,९-राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ ।राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत बंगलादेश प्रस्थान गर्नुभएको हो । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उहाँ बंगलादेश जानुभएको हो ।राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ […]