माओवादीबाट एमाले प्रवेश गरेका चार नेताको मन्त्री र सांसद पद खारेज

काठमाडौं,चैत,२६-नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराउनुभएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, […]

कांग्रेसभित्र कुनै विवाद छैन : देउवा

काठमाडौं,चैत,२५-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नविन्द्रराज जोशीको निधनले पार्टीले नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ । स्वर्गीय जोशीको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो । उहाँले जोशीमा नेतृत्व गर्न सक्ने क्षमता थियो भन्दै जोशीको निधनले […]

मैमाथि बम हान्ने थापालाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड

काठमाडौं,चैत,२४-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताउनु भएको छ । मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री र केही पनि आधार नभएका मणि थापालाई स्थायी समितिमा लैजानु गल्ती भएको बताउनु भएको हो। ‘संविधानसभाको निर्वाचन २०७० सालमा […]

महन्थ ठाकुर र पौडेलीच भेट,नयाँ सत्ता समीकरण विषयमा छलफल

काठमाडौं,चैत,२२-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई भेट्न उहाँकै निवास हात्तिवनमा पुग्नुभएको थियो।पौडेल र ठाकुरबीच समसामयिक राजनीति र नयाँ सत्ता समीकरण विषयमा छलफल भएको बताइएको छ । छलफलमा पौडेलले ठाकुरसँग कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्नुपर्ने भन्दै […]

७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने

बारा,चैत,२२-तस्कर, कर्मचारी र राजनीतिक दलका नेताहरुले एक वर्षदेखि सेवनयोग्य प्रमाणित गर्न चलखेल गरेको ७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने भएको छ । एक वर्षदेखि पटक–पटक नमुना परीक्षण गरेर चिनी सेवनयोग्य बनाउने चलखेल गरिएको थियो।राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथोपटक पठाएको नमुना परीक्षण गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनि चैत ६ गते प्रमाणित […]

वामदेवलाई हराउने ओली नै हुन्, मलाई झण्डै हराएका थिए–माधव नेपाल

काठमाडौं,चैत,२२-नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासामात्र गरिररहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै उहाँले ओलीले पार्टीलाई गलत बाटोमा लगेको र बालुवाटारमा बसेर तमासा गरेको बताउनुभयो । दुई तिहाइको सरकार बनेपछि कम्युनिष्ट पार्टीले अझ राम्रो काम गर्लान् भन्ने अपेक्षा रहेको भए पनि ओली सरकारले […]

ओली सरकारले नैतिक र राजनीतिक आधार गुमाइसक्यो : कांग्रेस

काठमाडौं,चैत,२१-नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको छ। पार्टी कार्यालयका कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कमिटीको बैठकको ७ बुँदे निर्णय सार्वजनिक गर्नु भएको हो । कांग्रेसको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नो नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णयसमेत गरेको थियो।  नपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ वैशाख १७ गते सम्पन्न बैठकले […]

माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं,चैत,२१-प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार देशभरका १ सय ६५ सडक सञ्जालको शिलान्यास गर्दै उहाँले आफ्नो राजीनामा माग्नेहरूलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिनुभयो । हरेक दिन आफ्नो राजीनामा मागिएको भन्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लेउभन्दा पनि नलिएको बताउनुभयो । […]

ओम्नी घोटाला:तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई कारबाही गर्न सिफारिस

काठमाण्डौं,चैत,२०-कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग […]

प्रधानमन्त्री ओलीले चैत २३ भित्रै विश्वासको मत लिनुपर्छ : गुरुङ

काठमाडौं,चैत,१८-नेकपा माओवादी केन्द्रका मुख्य सचेत देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको संवैधानिक र कानुनी हैसियतमाथि प्रश्न उठाउनु भएको छ । बुधबार प्रतिनिधि सभामा बोल्दै मुख्य सचेतक गुरुङले सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजनसम्बनधी फैसला गरेको भन्दै यस्तो अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत दिनु पर्ने बताउनुभयो । उहाँले सर्वोच्चको फागुन २३ फैसलाले […]