एमाले फुटतर्फ, नेपाल पक्षका २० सांसदले गरे राजीनामापत्रमा हस्ताक्षर

काठमाडौं,बैशाख,२६-नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् । सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । […]

देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग केहीबेरमा छलफल गर्दै

काठमाडौं,बैशाख,२५-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको छ । बैठक अहिले केही बेरमा देउवा निवास बुढानिलकण्ठमा बस्ने पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । बैठकमा सभापति देउवाले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेता माधव कुमार नेपाल तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलको विषयमा […]

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी : बलमिच्याइँ तत्काल बन्द गर्नुस्

काठमाडौं,बैशाख,२५-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संवैधानिक आयोगमा जथाभावी नियुक्ति तत्काल बन्द गर्ने चेतावी दिनुभएको छ। अध्यादेशमार्फत मुलुक नचलाउन चेतावनी दिँदै उहाँले महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको हो । ‘कोरोना (कोभिड १९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको […]

देउवा-प्रचण्डबीच भेट, दुई विषयमा छलफल केन्द्रित

काठमाडौं,बैशाख,२४-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। शुक्रबार साँझ ६ बजे देउवा निवास बुढानिलकण्ठमा दुई नेताबीच भेट भएको देउवाको सचिवालयले जनाएको छ। आधा घण्टा भएको छलफलमा वागमती र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचन, बैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका विषयमा कुरा भएको देउवाको […]

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि यस्तो छ अंकगणित

काठमाडौं,बैशाख,२४-आगामी जेठ ६ गतेका लागि तोकिएको बाग्मती प्रदेशमा रिक्त रहेको एउटा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि तीन जनाको उम्मेद्वारी परेको छ । सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री समेत रहनुभएका रामबहादुर थापा, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै नेपाल पक्ष र जनता समाजवादी पार्टीको तर्फबाट विपक्षी साझा उम्मेद्वार डा. खिमलाल देवकोटा र नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी […]

राष्ट्रिय सभा उपनिर्वाचन:आज उम्मेदवारको मनोनयन हुँदै

काठमाडौं,बैशाख,२४-जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । देवकोटा उम्मेदवारी दर्ताका लागि आज बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय जानु हुनेछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले […]

प्रधानमन्त्री ओलीलाई देउवाको जवाफ : हामी सहयोग गर्न सक्दैनौं

काठमाडौं,बैशाख,२२-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा सहयोग गर्न नसक्ने जवाफ दिएको छ।आज प्रधानमन्त्री ओली पार्टीका नेताहरुसहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुग्नु भएको थियो । उहाँले देउवासँग बैशाख २७ गते संसदमा हुन लागेको मतदानमा आफूलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।त्यसको जवाफमा देउवाले अहिले कांग्रेसले सहयोग गर्न सक्ने अवस्था नरहेको बताउनु भएको […]

लुम्बिनी प्रदेशका सांसद डाँगीद्धारा राजीनामा

काठमाण्डौं,बैशाख,२२-लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाले जनाएको छ । डाँगीले आफु बिरामी भएको र हालको राजनीतिक अवस्थाबाट दिक्क भएर राजीनामा दिएको बताउनुभएको छ । यसअघि एमालेकै कपिलवस्तुबाट निर्वाचित दुर्गनारायण पाण्डेले पनि राजीनामा दिनुभएको […]

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं,वैशाख,२२-प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले एमालेले तय गरेको उम्मेदवार वर्तमान गृहमन्त्री रामबहादुर थापाविरुद्ध गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएका ओली देउवालाई भेट्न जानुभएको हो । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल […]

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न नेपालगन्ज उपमहानगरको निर्देशन

बाँके,बैशाख,२१-नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड -१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको छ। कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरूको अनुगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहाँका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र अन्य कर्मचारीहरूले खेलेको भूमिकाको […]