प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी

काठमाडौं,बैशाख,७-नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका छन् । प्रमुख विपक्षी दल कांग्रेस, विपक्षी दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितका दलहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका हुन् ।मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ मा तत्कालीन नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव […]

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशन कार्यतालिका हेरफेरको तयारी

काठमाडौं,बैशाख,६-नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दैछ।पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।बैठक सुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको […]

म प्रधानमन्त्री पदका लागि लालायित छैन-कांग्रेस सभापति देउवा

काठमाडौं,बैशाख,५-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको दोहोर्‍याउनुभएको छ । आइतबार विहान आफ्नै निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको प्रष्ट गर्नुभएको हो । तर परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था सृजना भए पछि नहट्ने भन्दै उहाँले नेकपा (माओवादी केन्द्र) […]

राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापा फेरि गृहमन्त्रीमा नियुक्त

काठमाडौं,बैशाख,५-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई मन्त्री नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट विसं २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा […]

राष्ट्रिय सभाको रिक्त पदमा ३५ दिनभित्र निर्वाचन, आजैबाट दिनगन्ती सुरु

काठमाडौं,बैशाख,५-राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेजीपछि रिक्त सिटका निर्वाचन गर्नका लागि आज आइतबारबाटै काउन्टडाउन (दिनगन्ती) सुरु भएको छ। नेकपा (माओवादी केन्द्र) को तर्फबाट राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित थापा एमाले पार्टीमा प्रवेश गरेपछि उहाँलाई माओवादी पार्टीले कारबाही गरेको थियो। सम्बन्धित पार्टीले कारबाही गरेपछि दल त्याग ऐनको व्यवस्थाअनुसार राष्ट्रिय सभाले उहाँको पद रिक्त […]

मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका तीन सांसद् पार्टीबाट निस्कासित

काठमाडौं,बैशाख,४-नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । शनिबार बसेको प्रदेश कमिटीकोे बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निस्कासन […]

‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं,बैशाख,४-नेकपा एमालेले फ्लोर क्रस गर्ने आफ्ना चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि बसेको कर्णाली प्रदेश सभा एमाले संसदीय दलको बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उता कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोरक्रस गर्ने सांसदहरुले राजनीतिक […]

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत,एमाले सांसदले गरे फ्लोर क्रस

काठमाडौं,बैशाख,३-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मतको लागि राखिएको प्रस्तावमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाउनुभएको हो । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए।मुख्यमन्त्री […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं,चैत,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रवक्ता शर्माले नेपालखबरलाई जानकारी दिनुभयो। सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। […]

नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बस्दै

काठमाडौं,चैत,२७-नेपाली कांग्रेसले नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बोलाईएको छ। कांग्रेसले नयाँ सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गर्न लागेको हो । छलफल शुक्रबार दिउँसो ३ बजे बोलाईएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनभुयो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेको अवस्थामा […]