‘प्रतिज्ञा शब्द’शपथबाट हटाइयो,अब ‘ईश्वर’ वा ‘देश र जनता’का नाममा शपथ लिन सकिने

काठमाडौं,जेठ,७-सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको शपथग्रहण विवादमा तानिएपछि सरकारले बिहीबार शपथसम्बन्धी अध्यादेश, २०७८ जारी गरेर ‘प्रतिज्ञा’ शब्द नै हटाएको छ । संविधानको धारा ७६ (३)अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ३० वैशाखमा पुनः प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट […]

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै

काठमाडौं,जेठ,७-राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको नयाँ सरकार बनाउन दिएको समय आज (शुक्रबार) सकिदैछ । राष्ट्रपतिले बिहिबार एक विज्ञप्ती जारी गर्दै सरकारमा दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते शुक्रबार ५ बजेसम्मको समय प्रदान गर्नुभएको थियो । प्रतिनिधि सभामा विश्वासको मत पाउन नसके पनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो […]

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै,राष्ट्रपतिको आह्वानबारे निर्णय लिने

काठमाडौं,जेठ,७-नेपाली कांग्रेसले आज (शुक्रबार) बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो। बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।राष्ट्रपतिको उक्त आह्वान संविधान विपरीत र अलोकतान्त्रिक रहेको पनि कांग्रेसले बताएको छ।

राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान

काठमाडौं,जेठ,६-राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान गर्नुभएको छ ।त्यस्तो सरकारमा दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते शुक्रबार ५ बजेसम्मको समय प्रदान गरिएको छ । प्रतिनिधि सभामा विश्वासको मत पाउन नसके पनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका केपी ओलीले […]

सरोकार पक्षलाई थाहै नदिई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन

सुर्खेत,जेठ,६-सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ।शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन २०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रुपान्तरण गरेको हो । विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा […]

राष्ट्रिय सभा सदस्यमा बादल पराजित, देवकोटा विजयी

काठमाडौं,जेठ,६-वाग्मती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ। भर्खरै प्राप्त अन्तिम मतपरिणामअनुसार नेकपा एमाले माधव नेपाल पक्षका उम्मेदवार डा. खिमलाल देवकोटाले प्रदेशमा ५८ र स्थानीय तहमा १२८ मत प्राप्त गरी विजयी हुनु भएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार देवकोटाले प्राप्त गरेको कुल मतभार ५ हजार ८८ रहेको […]

राष्ट्रिय सभा उपनिर्वाचन आज,बादल र खिमलाल मैदानमा

काठमाडौं,जेठ,६-बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा-४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाउको छ । निर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार […]

अध्यादेशबाट बजेट ल्याइँदै !

काठमाडौं,जेठ,३-संविधानको धारा १ सय १९ को उपधारा ३ अनुसार सरकारले जेठ १५ गतेभित्रै संघीय संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ ।तर, अल्पमतमा रहेको सरकारले कोरोना महामारीकैबीचमा कसरी बजेट ल्याउँछ भन्ने अन्योल देखिएको छ । सरकारले संघीय संसदमा बजेट पेश गर्नुभन्दा १५ दिनअघि बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरी पारित गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले […]

नेपालमा एकैदिन २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमीत थपिए

काठमाडौं,बैशाख,३१-नेपालमा गएको २४ घण्टामा ८ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २१ हजार ४७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्। आज २०३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। जसमा नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको विवरणसमेत समावेश छ। यो सहित कोरोनाका कारण […]

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं,बैशाख,३०-नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न बोलाइएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो।