काठमाडौं,असोज,२७-आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व बुधवार नेपालीले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु […]
संस्कृती,धर्म
बडादशैंको सातौ दिन आज फुलपाति
काठमाडौं,असोज,२६-बडादसैंको सातौं दिन आज फुलपाती भित्र्याइदैछ ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, […]
वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिंदै
काठमाडौं,असोज,२५-नेपालीहरुको महान चाड वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिदैछ । नवरात्रीको ९ दिनसम्म शक्तिस्वरुपा दुर्गा भवानीका विभिन्न ९ रुपलाई आराधना गर्ने परम्परा अनुसार आज पाँचौ दिन स्कन्दमाताको अर्चना गर्न लागिएको हो । सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाताको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ । यो दिन मातालाई केरा […]
आज नवरात्रीको दोस्रो दिन, शक्तिपिठहरुमा माता ब्रम्हचारिणीको पूजा अर्चना गरिंदै
काठमाडौं,असोज,२२-नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं सुरु भएको हो । नवरात्रको अवधिमा वैदिक विधिपूर्वक घटस्थापना गरी नौ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ । नवरात्र पर्वको दोस्रो दिन आज माता ब्रह्मचारिणीको […]
नेपालीहरुको महान चाड बडा दशैं आजबाट सुरु, घर घरमा जमरा राखिदैं
काठमाडौं,असोज,२१-नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरी मनाइदै छ । पौराणिक मान्यता अनुसार दुर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजदेखि घर घरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । […]
आज विश्वकर्मा पूजा, भगवान विश्वकर्माको विधिपूर्वक पूजा आराधाना गरी मनाउँदै
काठमाडौं,असोज,१-आज विश्वकर्माको पूजा !!कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम […]
आज हरितालिका तीज : निराहार व्रत बसी भगवान शिवको आराधना गरिँदै
काठमाडौं,भदौ,२४-आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ । सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन् । हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको छ । […]
आज साउन १५,आजको दिनलाई राष्ट्रिय खिर दिवसको रुपमा मनाइदै
काठमाडौं,साउन,१५-आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय बोर्डले गरेको हो । […]
आज बकर इद पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौँ,साउन,६-मुस्लिम धर्मावलम्बीहरु आज बकर इद पर्व मनाउँदैछन्।बकर इदलाई मुस्लिम समुदायले दोस्रो ठूलो पर्वको रुपमा मनाउने गरेका छन्। बकर इदमा मुस्लिम धर्मावलम्बीले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने प्रचलन छ। आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन्। नमाज […]
आज चैते दशैं,नवदुर्गा भवानीको पूजा गरी मनाइँदै
काठमाडौं,बैशाख,७-नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैं पर्व मनाइँदैछ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व बनाउने गरिन्छ । चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई […]








