काठमाडौं,कात्तीक,२७-राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४ का अवसरमा देश विदेशमा रहनु भएका नेपालीहरूप्रति शुभकामना व्यक्त गर्नु भएको छ। उहाँले सन्देशमा ‘नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। यसैगरि नेपाल संवत् ११४४ […]
संस्कृती,धर्म
आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा गरि मनाईदै
काठमाडौं,कात्तीक,२७-आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा गरि मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाको दिन आज दिन गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरेर मनाइँदैछ।यस दिनमा लिपेर सफा गरिएको घर आँगनमा गाईको गोबरको पर्वत बनाएर पूजा गर्ने प्रचलन छ। धर्मशास्त्रअनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलका बासिन्दालाई अतिवृष्टिबाट जोगाएकाले त्यसको स्मरण […]
आज म्हःपूजा : नेवार समुदायमा (आत्मपूजा) गरि मनाइँदै
काठमाडौं,कात्तीक,२७-आज नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४को पहिलो दिन म्हःपूजा (आत्मपूजा) गरि मनाइँदैछ। समग्र देवता, उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्न प्रेरित गर्ने पर्वको रुपमा म्हःपूजा गर्ने गरिन्छ। आत्मशान्तिका लागि यस दिन तान्त्रिक विधिपूर्वक आफ्नो शरिरलाई पूजा गर्ने परम्परा रही आएको छ। म्हःपूजाका दिन नेवार समुदायका हरेक सदस्यले […]
आज काग तिहार
काठमाडौं,कार्तिक,२५-हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार। कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदैछ। यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ। सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले […]
आज विजयादशमी,मान्यजनका हातबाट टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै
काठमाडौ,कार्तिक,७-आज वडा दशैंको मुख्य दिन विजयादशमी , घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । घटस्थापनाका दिन विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आज मंगलबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा […]
आज दशैंको नवौं दिन महानवमी पर्व, दुर्गा भवानीको पूजा गरिदै
काठमाडौं,कार्तीक,६-आज दशैंको नवौं दिन महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत […]
आज महाअष्टमी,दुर्गा भवानीको पूजाआराधना गरी मनाउँदै
काठमाडौं,कात्तीक,५-आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ। नवरात्रको आठौं दिन आज शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ।साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ । आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, […]
नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्युको अध्यक्षमा रोजिन थापा मगर चयन
फुकुओका,जापान,असोज,२७-नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्यु जापानको तेस्रो अधिबेसन आज शनिबार सम्पन्न भएको छ। नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट अध्यक्षमा रोजिन थापामगर सर्वसम्मतले चयन हनु भएको हो।रोजिन थापामगरको नेतृत्वमा २१ सदस्य समिती पनि गठन गरिएको छ। नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट चयन हुनुभएका समितीको नामावली निम्न प्रकार रहेको छ। […]
आज हरितालिका तीज पर्व मनाईदै
काठमाडौं,असोज,१-आज हरितालिका तीज पर्व,नेपाली हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन्। तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ।यस पर्वमा […]
आज तीजको दर खाने दिन
काठमाडौं,भदौ,३१-नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ।माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ। तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ।दर खाएसँगै औपचारिक रुपमा सुरु […]