नेपालमा ४६४ जना कोरोना संक्रमित थपिए, मृत्युको संख्या ७० पुग्यो

काठमाडौं,साउन,२३-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनु भयो ।मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना हुन् । पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सिराहाका २५ वर्र्षीय […]

राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्था : कमल थापा

काठमाण्डौ,साउन,२२-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गर्नुभएको छ । बिहिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभई चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकिय भूमिका रहने […]

लोकबाजा सम्बन्धी पाठ्यसामग्री तयार गरिने

काठमाडौँ,साउन,२३-नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान  दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टुङ्ना, सारङ्गी, सहनाइ, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, […]

‘तत्काल देशभर ‘लकडाउन’ हुँदैन’ मन्त्री : खतिवडा

काठमाडौं,साउन,२२-अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पार्नुभएको छ ।सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको हो । उहाँले त्रसित भएर पूर्णरुपमा यसअघिजस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैलेपनि नबनाउन आग्रह गर्नुभयो ।मन्त्री डा. खतिवडाले अहिलेपनि […]

थप ३६० जना कोरोना संक्रमित थपिए: संक्रमितको संख्या २१,७५० जना पुग्यो

काठमाडौं,साउन,२२-नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । अहिलेसम्म २१ हजार ७ सय ५० जना कोरोना संक्रमित भएका छने ।पछिल्लो २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको […]

नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं,साउन,२१-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।पछिल्लो २४ घण्टामा पर्साका दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो । १८ वर्षीया युवती र ४६ वर्षीय पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । […]

आज गाईजात्रा पर्व मनाईदै, वर्षभरि दिवंगत भएका आफन्तको सम्झना

काठमाडौं,साउन,२०-काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने […]

वीरगन्जमा पत्रकार,प्रहरी र सेनासहित थपिए ७३ कोरोना संक्रमित, आजदेखि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं,साउन,१९-पर्सामा थप ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो। ‘तीमध्ये भारतीय नागरिक १ र बारा जिल्लाका २ जना छन्, अरू सबै पर्सा नै घर भएका छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका […]

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड बिच ठोस सहमतिका लागि छलफल चल्दै

काठमाडौं,साउन,१९-नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सोमबार बिहानै बालुवाटारमा छलफलमा जुटेका छन्।आइतबारको बैठकमा कुनै सहमति नभएपछि फेरी छलफलमा जुटेका हुन् ।  छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्। बिहान सवा ९ बजेदेखि जारी छलफल महिना दिनभन्दा बढी समयदेखि पार्टीभित्र भइरहेकाे गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ। ‘उहाँहरु छलफलमा हुनुहुन्छ,’ […]

अपडेट मेलम्ची पहिरो: ५ शव निकालियो, दुई जनाको पहिचान

सिन्धुपाल्चोक,साउन,१९-माटोको ढिस्को र रुखले थिचेर मेलम्चीमा पुरिएका मध्ये पाॅंच जनाको शव निकालिएको छ ।मृतक भएका मध्य दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ । मेलम्ची नगरपालिका ११ मा […]