रुसी राष्ट्रपति पुटिन आगामी निर्वाचनमा पनि राष्ट्रपतिको उम्मेदवार बन्ने

काठमाडौं, मंसिर,२१- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवार बन्ने भएका छन् । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उनी चौथो कार्यकालका लागि उम्मेदवार बन्न लागेका हुन् । रुसको एक कारखानाका मजदुरलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो उम्मेदवारीका बारेमा प्रष्ट पारेका हुन् । सन् २००० मा पहिलो पटक राष्ट्रपति बनेका पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति […]

जापानी प्रधानमन्त्री आबेको सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत

जापान,कार्तीक,६- जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धनले जित हात पारेको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ । गठबन्धनले ३ सय १२ स्थानमा जित हात पारेको बीबीसीले उल्लेख गरेको छ । योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर निर्माण भएको जापानी संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा […]

अफगानिस्तानमा आतंकवादी हमला, ६० जनाको मृत्यु

काबुल, कात्तिक ,४- अफगानिस्तानका दुई मस्जिदमा गराइएका आक्रमणमा ६० जना मारिएका छन् ।राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जना मारिएका थिए । मारिने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन् । यस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा गराइएको अर्को […]

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प: अमेरिका

वासिङटन,असोज,३१- अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया संकट  समाधानमा कुटनीतिक प्रयास जारी रहने  बताउँदै अमेरिकी चाहना युद्व नभएको दाबी गर्नु भएको छ । उनले युद्ध  अमेरिकाको अन्तिम विकल्प  भएको बताए।  उनले राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कुटनीतिक समाधानका कै पक्षमा रहेको जिकिर गर्नु भएको छ ।उहाँले राष्ट्रपति ट्रम्प र अमेरिकी चाहना युद्ध नभएको बताउनु भएको हो […]

राष्ट्रसंघ मानवअधिकार परिषद्मा सर्वाधिक मत ल्याएर नेपाल विजयी

काठमाण्डौं,असोज,३१- संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल सर्वाधिक मत ल्याएर निर्वाचित भएको छ। अमेरिकाको न्युयोर्कमा सोमबार साँझ भएको निर्वाचनमा नेपाल सबैभन्दा बढी १६६ मत ल्याएर विजयी भएको हो। परिषद्को सदस्यमा एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित कतार, पाकिस्तान र अफगानिस्तान विजयी भएका छन्। नेपाल १६६, कतार १५५, पाकिस्तान १५१ र अफगानिस्तान १३० मत ल्याएर विजयी भएका हुन्। […]

दार्जिलिङबाट अर्धसैनिक बल फिर्ता

काठमाण्डाैं,असाेज,३०- केन्द्र सरकारको गृह मन्त्रालयले दार्जि्लिङवाट अर्ध सैनिक सुरक्षा बललाई फिर्ता बोलाउन निर्देशन दिएको छ । गृहको निर्देशन लगत्तै आज बिहानैदेखि दार्जि्लिङमा तैनाथ १५ कम्पनीमध्ये ७ कम्पनी केन्द्रीय रिजर्भ पुलिस फोर्स र ३ कम्पनी सशस्त्र प्रहरी बल फिर्ता हुन थालेका छन् । गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि दार्जि्लिङमा १५ कम्पनी केन्द्रीय सुरक्षा बल तथा करिब १ हजारको […]

सी जिनपिङसँग अहिले डोनाल्ड ट्रम्पसँग भन्दा बढी शक्ति छ

काठमाण्डौं,असोज,३०- अमेरिकी राष्ट्रपतिहरूमा चिनियाँ समकक्षीबारे धक मानेर व्याख्या गर्ने बानी छ । चाकरी शैलीमा रिचार्ड निक्सनले भनेका थिए, ‘माओत्से तुङले ‘संसार परिवर्तन गरे ।’ जिम्मी कार्टरका लागि देङ सियाओ पिङ विशेषणयुक्त व्यक्तित्व थिए, ‘स्मार्ट, कडा, बौद्धिक, मिजासिलो, साहसी, रूपवान्, आत्मविश्वासी, मैत्रीपूर्ण ।’ बिल क्लिन्टनले तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनलाई ‘दूरदर्शी’ र ‘असाधारण बौद्धिकता’ भएको व्यक्तिका […]

चिनियाँ राष्ट्रपति सी जिनफिङका : पाँच वर्षका पाँच उपलब्धि

काठमाण्डौं,असोज,२८- बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति सी जिनफिङ नेतृत्वले ५ वर्षमा गरेका कामको लेखाजोखा चलिरहेको छ। सुविधाजनक सर्वसाधारणको जीवनस्तर, विश्वमा फैलिँदो चिनियाँ सँस्कृति, सामाजिक सद्भावले बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार, उन्नत प्रविधि, हाइस्पिड रेल, साइकल सेयरिङ, अनलाइन किनमेल, शिक्षा–स्वास्थ्य–रोजगारीका अवसरले पाँच वर्षमा चिनियाँ जीवनलाई थप रंगीन बनाएको छ। यो […]

चीन सीमा नजिक भारतीय सैनिक बिमान दुर्घटना,७ जनाकाे मृत्यु

नयाँ दिल्ली, असोज,२०- भारतीय एयरफाेर्सकाे हेलिकप्टर दुर्घटना हुँदा ७ जना सैनिकको मृत्यु भएकाे छ । यसमा दुई वायु सेनाका अधिकारी सहित छ जनाको मृत्यु भएकाे भारतीय संचार माध्यमले जनाएका छन् । आज बिहान भारत–चीन सीमा नजिकै सेनाका लागि आवश्यक सामान लिएर गइरहेको अवस्थामाएयरफोर्सको हेलिकोप्टर अरुणाचल प्रदेशको तवांग भन्ने स्थानमा दुर्घटना भएको समाचारमा उल्लेख छ। वायुसेनाका […]

जापानी प्रधानमन्त्री आबेद्वारा संसद विघटन

जापान,असोज,१२- जापनका प्रधानमन्त्री सिन्जो आबेले एक वर्ष अवधि बाँकी छँदै संसदको तल्लो सदन विघटन गर्नु भएको छ । चाँडो चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद भंग गरेको बताइएको छ । निर्वाचनको मिति आगामी अक्टोबर २२ लाई तोकिएको छ ।उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेको भन्दै आबेप्रति जनलहर केही सुदृढ भएको […]