यू १९ विश्वकप : आज नेपाल र न्युजिल्याण्ड भिड्ने

काठामाडौं,माघ,७-आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ। नेपालको समुह ‘डि’ मा न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान रहेका छन्।१९ वर्ष मुनिको विश्वकप क्रिकेटको यो १५ औं संस्करण हो। यसपटक प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगितामा सहभागी टोलीलाई चार […]

प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफलाई

काठमाडौं,पुस,१८-प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफ जितेको छ। बुधबार कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि जितेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनायो।

नेपाली महिला क्रिकेट टिमका विकेटकिपर ज्योतिले लिए सन्यास

काठमाडौं,पैष,१८-नेपाली महिला टिमका विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएका छन्। नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योतिले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएका हुन्। आज भएको प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको फाईनल खेलमा कोशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बललाई उपाधी जिताए संगै उनले सन्यास लिएकी हुन्।ज्योतिले सन् २०११ देखि […]

मेसीले सन्न्यास गरेपछि १० नम्बर जर्सी अरूले प्रयोग गर्न नपाउने

टोकियो,जापान,१८-अर्जेन्टिनी फुटबल महासंघले लियोनल मेसीको सम्मानमा १० नम्बरको जर्सी अन्य खेलाडीले प्रयोग गर्न नपाउने निर्णय गरेको छ।मेसीले फुटबलबाट सन्न्यास लिएको घोषणा गरेको दिनदेखि नै लागू हुने महासंघले जनाएको छ।महासंघले यसलाई ‘१० नम्बर जर्सी रिटायर्ड’ भनेको छ।अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष क्लाउडियोले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएको र वर्तमान समयकै उत्कृष्ट खेलाडीको सम्मानमै उनले लगाउने गरेको १० नम्बर […]

एनएसएल : पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी फाइनल प्रवेश

काठमाडौं,पौष,९-नेपाल सुपर लिग (एनएसएल) को सुदुरपश्चिमको टिम धनगढी एफसी फाइनलमा पुगेको छ । आज सोमबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी फाइनल पुगेको हो। निकै रोमाञ्चकप्रतिस्पर्धात्मक भएको खेलमा अग्रता भने पोखराले लिएको थियो।अन्तत धनगढी एफसी तीन पटक पछि परिसकेको अवस्थालाई उल्टाउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो। पोखरा थन्डर्सले तीन पटक […]

यू-१९ एसिया कप : नेपालले पहिले पाकिस्तान विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,मंसिर,२२-आज बाट सुरु भएको एसिसी यू-१९ एसिया कपमा नेपालले टस हारेर पाकिस्तानविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ।दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मा भएको टसमा पाकिस्तानका कप्तान साद बेगले जितेर पहिला बलिङ गर्ने निर्णय दिँदै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्। नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन्।देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन्।देव […]

यू–१९ एसिया कप क्रिकेट शुरु, आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं,मंसिर,२२-एसिसी युथ-१९ एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट युएईमा सुरु हुँदैछ। नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्।आज सुरु हुने प्रतियोगिता पुष १ गतेसम्म चल्नेछ।सबै खेल आइसिसी एकेडेमी ओभल मैदानमा हुनेछन्। […]

नेपाल सुपर लिग : आज एफसी चितवन र बुटवल लुम्बीनी भिड्ने

काठमाडौं,मंसिर,२१-नेपाल सुपर लिग एनएसएलमा आज बिहिवार एफसी चितवन र  बुटवल लुम्बीनी भिड्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।दुवै टिम प्रतियोगिताको चौथों खेलमा मैदान उत्रन लागेका हुन्। पछिल्लो खेलमा लयमा देखिएको एफसी चितवन ३ खेल खेल्दा उसले एक मा हार एक खेल ड्र र एक खेलमा जित निकाल्दै ४ अंकका साथ लिगको ५ […]

पोखरा थन्डर्स नेपाल सुपर लिगको शीर्षस्थानमा

काठमाडौं,मंसिर,२०-नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले दोस्रो जित निकालेको छ । आज बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई १-० गोलले हराउँदै पोखरा विजयी भएको हो। अपराजित रहेको पोखरा ४ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ।यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो। यस्तै, इलामले काठमाडौं […]

विश्वकप छनोट: आज नेपालले यमनसँग खेल्दै

काठमाडौं,मंसिर,५-फिफा विश्वकप छनोट खेलमा नेपालले आज मंगलवार यमनसंग प्रतिस्पर्धा गर्दैछ।दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे सुरु हुनेछ।सन् २००५ को एएफसी प्रेसिडेन्ड कप पछि नेपालमा साँझ सात बजे खेल हुन लागेको यो पहिलो पटक हो।नेपाली टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले समर्थकको सुविधलाई मध्यनजर […]