काठमाडौं,असोज,५-आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।तर, राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिनुभयो।उहाँले संसदको प्रक्रियालाई मान्दै शिक्षकहरुले उठाएका माग […]
समाचार
आज हरितालिका तीज पर्व मनाईदै
काठमाडौं,असोज,१-आज हरितालिका तीज पर्व,नेपाली हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन्। तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ।यस पर्वमा […]
भारतलाई एसिया कपको उपाधि
काठमाडौं,भदौ,३१-भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । सामान्य ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो।सामान्य रनको लक्ष्य पछ्याएको भारतले श्रीलंकामाथी १० विकेटले विजयी भयो।एसिया कपमा भारतको यो आठौं उपाधिसमेत हो। भारतलाई जिताउन टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले […]
एसिया कप क्रिकेटमा आज भारत र श्रीलंका भिड्ने
काठमाडौं,भदौ,३१-एसिया कप क्रिकेटको फाइनल खेलमा आइतबार भारत र श्रीलंका भिड्नेछन्। यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ।सुपर फोर चरणमा श्रीलंकालाई हराएको भारत आइतबार फाइनलमा पनि सोही लय दोहोर्याउन चाहन्छ।तर, श्रीलंका पनि आजको खेल जित्दै एसिया कपको इतिहासमा सर्वाधिक सात उपाधि जित्ने भारतको किर्तीमान बराबरी गर्न चाहन्छ। पछिल्ला वर्षहरुमा आर्थिक […]
आज तीजको दर खाने दिन
काठमाडौं,भदौ,३१-नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ।माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ। तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ।दर खाएसँगै औपचारिक रुपमा सुरु […]
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” अमेरिका प्रस्थान
काठमाडौं,भदौ,३०-प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गर्नुभएको छ।शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो।संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उहाँ न्युयोर्क प्रस्थान गर्नुभएको हो। उहाँले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायत अन्य मन्त्रीहरूको […]
नेम्वाङप्रति राष्ट्रपति पौडेल र प्रधानमन्त्री दहालको समवेदना
काठमाडौं,भदौ,२६-राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनमा समवेदना व्यक्त गर्नुर्भको छ। राष्ट्रपति पौडेल संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ।नेम्वाङको अप्रत्यासित निधनप्रति दुख व्यक्त गर्दै पौडेलले शोकाकुल परिवारलगायतमा समवेदना प्रकट गर्नुभएको छ। यस्तै, प्रधानमन्त्री दाहालले पनि नेम्वाङको निधनबाट मर्माहत भएको बताउनु भएको छ।नेम्वाङको […]
संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौं,भाद्र,२६-संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए। परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिनु भएको थियो।उहाँलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो। अस्पताल […]
काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं,भदौ,२१-काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान निधन भएको छ। भाइरल निमोनियाका कारण ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ। रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो।वडा नम्बर १६ बाट लगातार दुई वडाध्यक्ष बन्नु भएका रिजाल हक्की स्वभावका व्यक्ति हुनुहुन्थ्यो। रिजालको […]
प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा तय भइसकेको छैन : परराष्ट्रमन्त्री साउद
काठमाडौं,भदौ,२१-परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका एजेन्डा तय भइनसकको बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने र अहिले कुनै एजेन्डा फाइनल स्टेजमा नपुगेको बतउनु भएको छ। मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा सबै मन्त्रालयका सचिवहरूलाई […]

