कांग्रेसले स्थानीय तहमा भिड्ने उम्मेदवारको टुंगो लगायो,युवा नेतृत्वलाई उम्मेदवारी

रमित बि.क. बाजुरा,जेष्ठ ९- नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले यही जेठ ३१ गते हुने भनिएको स्थानीह तहको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुुंगो लगाएको छ । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाको लागि मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको अधिकांश पदको टुन्गो लागेको कांग्रेस श्रोतले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसारः बडिमालिका नगरपालिको मेयर पदको उम्मेदवारमा […]

जाँदाजाँदै दाहाल सरकारले गर्याे यस्ताे निर्णय

काठमाण्डाैं,जेठ, ९- सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो । बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको उर्जामन्त्री जनार्दन शर्माले जानकारी […]

सञ्चार सेवा प्रभावकारी नभए ग्राहकलाई क्षतिपूर्तिदेखि लाइसेन्स खारेजीसम्म

काठमाण्डाैं,जेठ, ९- नेपाल दूरसञ्चार प्राधिकरणले पारित गरेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली–०७३ अनुसार अब सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्रहीलाई समस्या हुने गरी सेवा अवरुद्ध गरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यसमा लाइसेन्स खारेजीसम्मका व्यवस्था राखिएका छन् । फोन गर्दा गर्दै काटिएमा मोबाइल र टेलिफोन सेवा प्रदायकले ग्राहकलाई त्यसवापत क्षतिपूर्ति तिर्नुपर्ने गरी नयाँ व्यवस्था गरिएको […]

आर्थिक वर्ष २०७४-०७५ को ‘प्रिबजेट’ माथि छलफल अाज

काठमाडौं ,जेठ,९- व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको संसद बैठकमा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल सुरु हुँदैछ । संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । सरकारका तर्फबाट पेस […]

भूकम्पप्रभावितलाई निर्ब्याजी ३ लाख ऋण

काठमाडौं,जेठ,९- भूकम्पप्रभावितले आवास निर्माणका लागि सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। चालु आथिएक वर्षको बजेटमा उल्लेख भएको ‘विपन्न वर्गमा रहेका भूकम्पपीडितलाई सामूहिक जमानीमा निर्ब्याजी ऋण दिने व्यवस्था’ करिब एक वर्षपछि मात्र कार्यान्वयनमा आएको हो। गत साता मन्त्रिपरिषद्ले ‘भूकम्पपीडितहरूको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि ०७४’ स्वीकृत गरेपछि भूकम्पप्रभावितले […]

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन,जेठ,९- चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रत्ननगरबाट भरतपुर जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले आइतबार राति विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर–११ बस्ने ३० वर्षीय उपनेश विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति नै कलेज अफ […]

चुनावमा होमियो मधेस, दलहरु चुनावी तयारीमा

जनकपुर,जेठ,९ – तराई मधेसकेन्द्रित राजनीतिक दलहरु आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन्।  यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको एजेण्डा सम्बोधन गराउन पनि चुनावलाई संघर्षकै रुपमा बुझेर अघि बढिरहेको बताए। यादवले राजपालगायत मधेसका अन्य पार्टीसँग छलफल गरेर […]

प्रधानमन्त्रीको राजीनामा भोलिसम्ममा

काठमाडौं,जेठ,९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेससँग सरकार गठनका बेला भएको भद्र सहमतिलाई पालना गर्दै प्रधानमन्त्री दाहालले बुधबारभित्र राजीनामा दिने स्पष्ट पारेका हुन्। ‘सत्तारूढ कांग्रेससँग जे भद्र सहमति भएको थियो, त्यहीअनुसार अब हामी १० गतेभित्र छाड्छौं,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकमा भने। […]

यी हुन् प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण काम

काठमाडौं,जेठ,९-  गत १९ साउनमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे। जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रूपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारत र उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण गरे। भारतसँग विगतमा बिग्रेको सम्बन्ध प्रचण्डको कार्यकालमा सुमधुर भयो। भारतसँग विगतमा भएका सम्झौता […]

विद्यार्थी यार्सा टिप्न गए, शिक्षक म्यादी प्रहरीमा

काठमाडौ,जेठ, ९- शैक्षिक शत्रको सुरु भएलगत्तै विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा विद्यालय बन्द भएपछि शिक्षक म्यादी प्रहरीमा भर्ना भएका छन्। विद्यार्थीहरु यार्सा टिप्न जाने बझाडका सुर्मा, दौलीचौर, काँडा, रिलु, दाँतोला, मेलबिसौना, धमेना सुनिकोट, सैनपसेला, दहगगर क्षेत्रका अधिकांश विद्यालय तीन ९वैशाख, जेठ, असार महिना बन्द हुने गरेका छन्। सोही मौका छोपेर शिक्षक म्यादी प्रहरीमा भर्ना भएका हुन्। […]