काठमाडौं,बैशाख,२४-सरकारले प्रशासकीय अदालत र श्रम अदालतका सदस्यहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ। कानून सचिव पारश्वर ढुंगानाले दुवै अदालतका सदस्यहरूलाई सरकारको सन्देश सुनाउँदै पदबाट हटेर सहजीकरण गरिदिन अनुरोध गरेका हुन् । ढुंगानाका अनुसार राजनीतिक नियुक्तिमा आएका पदाधिकारीलाई हटाएर प्रतिस्पर्धामार्फत योग्य व्यक्तिहरू नियुक्त गर्ने सरकारको नीति अनुरूप यस्तो आग्रह गरिएको हो। हाल प्रशासकीय अदालतमा नवलकिशोर […]
Images
सरकारद्वारा १२ वटा ट्रेड युनियन दर्ता खारेज
काठमाडौं,बैशाख,२४-सरकारले सरकारी कर्मचारी सम्वद्ध १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामति कर्मचारीका ८ वटा र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड युनियनहरूको दर्ता खारेज गरेको हो। खारेज गरिएका ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल […]
गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा
काठमाडौं,वैशाख,९-गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ। गृहमन्त्री गुरुङले बुधबार फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्नु भएको थियो।सोही दिन गुरुङ गृहमन्त्री नियुक्त हुनु भएको थियो। सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाउनु भएका गुरुङ पछिल्लो समय भने आलोचनाको […]
फुकुओकामा आज देखि दुई दिने १३ औँ नेपाल फेस्टिवल सुरु
टोकियो,वैशाख,५-फुकुओकामा दुई दिने १३ औँ नेपाल फेस्टिवल आज देखि सुरु भएको छ। यो फेस्टिवल फुकुओका स्थित तेन्जिन सेन्ट्रल पार्कमा आज अप्रिल १८ तारिख शनिबार र भोली अप्रिल १९ तारिख आईतबार सम्म हुने क्यूसु एनआरएनए जापानले जनाएको छ। यस फेस्टिवल गर्नुको मुख्य उद्देश्य जापानीज समुदाय माझ नेपाली समुदायको कला, संस्कृति, परम्परा, स्वादिष्ट नेपाली परिकार तथा पर्यटन […]
नेपाल मगर संघ जापाननले यस वर्ष पनि भुम्या पर्व मनाउदै
टोकियो,चैत्र,२६-नेपाल मगर संघ केन्द्रिय समिति जापानले भुम्या पर्व मनाउने भएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि भुम्या पर्व संगै बाबिक्यू (BBQ) वनभोज कार्यक्रमगरि मनाउन लागेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्या पर्वमा भूमिलाई देवताको रुपमा पूजा गर्ने गरीन्छ।भूमिको पूजाले प्राकृतिक विपत्तिबाट बचिने जनविश्वास रहेको हुनाले पुर्खौ देखी […]
रोल्पा समाज जापानको अध्यक्षमा गुरुप्रसाद राना मगर दोस्रो कार्यकालका लागि निर्वाचित
टोकियो,चैत,७-रोल्पा समाज जापानको अध्यक्षमा गुरु प्रसाद राना मगर दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको छ।अध्यक्षमा उहाँ सर्वसहमतिमा दोस्रो पटक निर्विरोध चयन हुनु भएको हो। रोल्पा समाज जापानले आज शनिबारका दिन सम्पन्न गरेको चौंथो अधीवेशन मार्फत आगामी २०२६~२०२८ का लागि अध्यक्ष गुरुप्रसाद राना मगरको नेतृत्वमा ३१ जनाको नयाँ कार्यसमिति गठन भएको छ। जसमा अध्यक्ष पदमा गुरुप्रसाद […]
ह्वाइट हाउसमा ट्रम्प र जापानका प्रधानमन्त्री साने ताकाइची बिच भेट
टोकियो,चैत,६-जापानी प्रधानमन्त्री ताकाइची साने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटनमा आफ्नो शिखर सम्मेलन सम्पन्न गरेका छन्। भेटमा उनीहरूले इरानको तनावपूर्ण अवस्था सहित धेरै विषयमा छलफल गरेका हुन्।ताकाइची भन्छिन् कि जापानी कानूनको दायरा भित्र जापानले गर्न सक्ने र गर्न नसक्ने कारबाहीहरू छन् भनेर व्याख्या गरेकि थिईन्। ट्रम्पले बिहीबार बिहान ताकाइचीलाई ह्वाइट हाउसमा स्वागत गरेका थिए।त्यसको केही […]
अभिमुखीकरण क्लासमा रवि लामीछानेले भने” विचार गरेर बोल्नुहोस्।
टोकियो चैत,४-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन्। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि रास्वपाले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभाबी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको […]
डिग्री बिना ग्राजुएसन टोपी लगाएर उत्सव ? सफलता कि देखावटी ट्रेन्ड ?
टोकियो,चैत,१-पछिल्लो समय सामाजिक सञ्जालमा डिग्री अध्ययन नगरेका व्यक्तिहरूले पनि Graduation Cap लगाएर फोटो खिच्ने वा आकाशतर्फ टोपी उडाउने दृश्य बढ्दै गएका छन्। कतिपयले यसलाई प्रेरणादायी अभिव्यक्ति मान्दा केहीले भने शिक्षाको प्रतीकलाई कमजोर बनाउने प्रवृत्ति भएको टिप्पणी गरेको पाउछौ। तर यो अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा युवाहरूले ग्राजुएसन टोपी लगाएर फोटो वा […]
प्रतिनिधि सभा सदस्य चयनका लागि आज मतदान हुँदै
काठमाडौं,फाल्गुन,२१-प्रतिनिधि सभाको सदस्य चयनका लागि आज बिहीबार मतदान हुँदैछ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाएको छ।देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुन लागेको छ। निर्वाचनमा ६८ दलबाट ३ हजार ४ सय ६ जना उम्मेदवार प्रत्यक्षतर्फ भिडिरहेका छन्।समानुपातिकतर्फ ३१ सय ३५ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा […]









