प्रधानमन्त्री तथा उद्योग परिसंघ बीच मुलुकको अर्थतन्त्रबारे छलफल

काठमाडौं,आषाढ,२४-नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले बिहीवार अर्थ मन्त्रालयसमेत सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवासँग मुलुकको आर्थिक अवस्था लगायत विषयमा भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा जानकारी गराएको हो ।  उक्त अवसरमा परिसंघका पदाधिकारीहरुले मुलुकको पछिल्लो आर्थिक अवस्था सुधार्न चाल्नुपर्ने […]

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा,छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं,आषाढ,२३-अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामाको घोषणा गर्नु भएको छ।  प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्नु भएको थियो। त्यसलगत्तै विशेष समय लिएर बोल्दै उहाँले छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभयो।‘एउटा संसदीय […]

मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णयहरु यी हुन्

काठमाडौं,आषाढ,२३-सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ । अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको हो।बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी […]

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं,आशाढ,२२-सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो।यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले […]

असार १ देखी मतदाता नामावली दर्ता खुल्दै

काठमाडौं,जेठ,२३-निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ ।आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो […]

स्थानीय तह निर्वाचन : आज सबै जिल्लामा मतपत्र पुग्छ :आयोग

काठमाडौं,बैशाख,२३-निर्वाचन आयोग नेपालले आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ । बिहीबार आयोगले नियमित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख २३ गते आज (शुक्रबार) सम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी […]

पत्रपत्रीका : भागबन्डा मिलाउन कृषि मन्त्रालय टुक्र्याइँदै

काठमाण्डौ,साउन,१०- मैले पनि छुस्स सुनेको हो, आधिकारिक पत्र आएको छैन : चक्रमाणि खनाल, कृषिमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ । कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी […]

स्वास्थ्यकर्मी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँके जिल्लामा रहेका स्थानीय स्वास्थ्यकर्मीहरुलाई ४ महिना देखि तलव भत्ता नखुवाएको भन्दै यहाँका संघ/संगठनहरुले प्रधानमन्त्री के-पी- शर्मा वलीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय नगरपालिका ,उप महानगर पालिका, गाउँ पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव भत्ता , फिल्ड भत्ता , पोशाक भत्ता लगायतका भत्ता नखुवाउदा दैनिकी जिविकोपार्जन गर्न कठिनाइ […]