व्यापारीहरुको हक हितमै लड्छु

बाँके,साउन,११-

चक्र बहादुर अधिकारी यहि साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त समावेसी प्यानलबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका चक्र बहादुर अधिकारी सरल स्वभावका , दुरदर्शी र अडिक व्यक्ति हुनुहुन्छ जसका कारण उद्योगी व्यापारीहरुको हक हितका पक्षमा जुन सुकै निकायका पक्ष्ँसंग डटेर लड्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ ।

आज सम्म कुनै पनि राजनितिक दलको झण्डा बोकेर पार्टीगत विचार र आस्थालाई सर्वोपरी ठान्ने व्यक्ति नभै विशुद्ध व्यापारीहरुको हक अधिकारका पक्षमा वकालत गर्ने अधिकारीका विषयमा कोहलपुरमा पछिल्लो समय निकै चर्चा हुन थालेको छ ।

अधिकाशं मतदाताहरुले सिधा कुरा प्रष्ट विचार राख्ने व्यक्तिका रुपमा चिनिनुभएका अधिकारी अहिले आफ्ना व्यापारी मतदाताहरुसंग घरदैलोमा व्यक्त हुनुहुन्छ । पदको लोभ नभएका अधिकारीले आफ्नो प्रतिबद्धता पत्रको सुरुमै आफ्नो कार्यकाल एक अवधी मात्रै रहने उद्घोष सहितको प्रतिबद्धता जनाउनु भएका चक्र बहादुर अधिकारीसंग हामीले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमै केन्द्रित रहेर मधु पौडेलले गर्नुभएको कुराकानी
१ तपाईको उम्मेदवारी किन र केका लागि ?
यस क्षेत्रका उद्योगी व्यापारीको पेशागत हकहित र संरक्षणको लागि कुशल नेतृत्व प्रदान गर्न र हामी उद्योगी व्यापारी माथी आइपर्ने समस्या समाधान गर्नका लागी म र मेरो टिमको उम्मेद्वारी हो । बोल्ने ठूलो कुरा गर्ने तर काम नगर्ने प्रवृत्तिका कारण जुन रुपमा काहेलपुर क्षेत्रका व्यापारीहरुको विकास हुनुपर्ने हो त्यो मात्रामा नभैरहेको अवस्था छ । त्यो मैले भनिरहनुपर्दैन ।

वाणिज्य संघ प्रति व्यापारीहरुमा देखिएको नैराश्यता हटाएर उद्योगी व्यवसायीलाई संघ प्रति आकर्षण बढाउने र संघको विकास गर्नु मेरो प्राथमिकता रहने छ । साना ठुला, मझौला लगायत सम्पूर्ण उद्योगी व्यवसायीको छाता संगठनको प्रत्याभुति दिलाउने वातावरण बनाउने छु । संघको विधान समय सापेक्ष, व्यवसायीको भावना र आवश्यकता अनुसार संशोधन गर्ने मेरो समूहको प्रमुख एजेण्डा हो ।

व्यवसाय मैत्री र लगानी मैत्री वातावरण सृजना गर्न दबाब सृजना गर्ने छु । व्यावसायीहरुको घरभाडा सम्बन्धि समस्याका कारण घरबेटी र व्यापारीहरु बिचको दुरी घटाई समन्वय हुने गरी घरभाडा सम्झौताको व्यवस्था मिलाउनेका लागि हाम्रो उम्मेद्वारी रहेको छ । त्यस्तै राज्यका विभिन्न सरकारी कार्यालयले छानविनको नाममा दुःख दिने गरेकोले त्यस्ता दुःख आफ्नो सम्झि त्यसको निकारणको लागि भरपुर सहयोग गर्नेछौं ।

कुनै पनि व्यापारिकलाई छानविन गर्नुपरेमा सरकारी कार्यालयले वाणिज्य संघलाई पुर्व जानकारी गराउने वातारण मिलाउनका लागि मेरो उम्मेद्वारी रहेको छ । त्यस्तै हामी कृषि प्रधान देशमा जन्मेर पनि आजको व्यापारीक युगमा व्यापार गर्न पूर्णरुपले सक्षम भईसकेका छौ ता पनि राज्यको नीतियम अनुसार हिसाव किताब चुस्त, दुरुस्त राख्न नजानेकाले विभिन्न समस्या झेल्नु परिरहेको छ ।

यसर्थ हामीलाई आवश्यकता अनुसार लेखा सम्बन्धी तालिम क्षेत्रगत वस्तुगत व्यावसायहरुलाई समेटेर तालिम दिने व्यवस्था मिलाउनका लागि मेरो र मेरो नेतृत्वको प्यानलको उम्मेद्वारी हो । मैले उपाध्यक्ष हुँदा गर्न नपाएका र नसकेका कामहरुलाई अध्यक्ष भै पुरा गर्नेछु । दुई महिना भित्र संघको भवन निर्माण गरी आफ्नै सभाहलमा साधारण सभा गर्ने र नगरपालिका र हामी नीजि क्षेत्रको सहकार्यलाई अगाडि बढाउने उदेश्य पुरा गर्न मेरो र मेरो नेतृत्वको उम्मेदवारी हो ।
२ मतदाताले तपाईलाई किन भोट हाल्ने ?
म क्याम्पस तहको पढाई पुरा नहुँदै २०४९ सालबाट बुवासँग व्यापारमा लागेको व्यापारी हुँ । करिब २६ वर्षदेखि यहि पेशामा आवद्व छु । म एक कालकाल मात्र यस संस्थाको नेतृत्व गर्न चाहान्छु । म विचार जे सुकै भए पनि विशुद्व व्यापारी हुँ । व्यापारीका पिरमर्का, उद्योग तथा व्यवसायिक क्षेत्रका समस्याहरुलाई मैले नजिकबाट पहिचान गरेको छु, भोगेको छु, बुझेको पनि छु ।

मेरो कर्मक्षेत्र उद्योग व्यापार भएकाले यस क्षेत्रका समस्याहरुको समाधान गर्ने मेरो उम्मेद्वारीको प्रमुख उद्देश्य हो । त्यस्तै व्यापारीका हक र अधिकार स्थापित गराउनेका लागि मलाई व्यवसायिहरुको भोट आवश्यक छ । किनभने जुनखालका समस्या यहाँका उद्योगी व्यवसायीले झेल्दै आएका छन् । त्यसलाई सम्बोधन गर्नका लागि व्यवसायीहरुले हाम्रो टिमलाई जिताउनु हुनेछ भन्ने आत्मा विश्वास हाम्रो टिममा छ ।

यो भन्दा अगाडी संघको उपाध्यक्षमा काम गरी सकेको मान्छे हुँ । उपाध्यक्ष हुँदा गर्न नकसेका कामहरु अध्यक्ष भएर पुरा गर्ने लक्ष्य रहेको हुँदा मलाइ मेरा आदरर्णिय व्यापारी मतदाताहरुले भोट दिनुहुने छ भन्ने विश्वास छ । केहि दिनमै चुनाव छ , घरदैलोमै व्यस्त हुनुहुन्छ,
३. तपाईको पक्षमा माहोल कस्तो पाउनुभएको छ?
महोल अत्यन्तै राम्रो छ । मलाई सबैले चिन्नुभएको छ । म भाषण र कुरा भन्दा काम गर्ने मान्छे हो । नेतृत्वमा पुगेपछि उद्योगी व्यापारीकै हक हित का लागि काम गर्ने हो । उहाँहरुको समस्या समाधान गर्ने हो । त्यसैले पनि होला मलाई घरदैलोका क्रममा पनि मतदाता व्यापारीहरुले आ आफ्ना समस्याहरु मलाई सुनाउनुभएको छ ।

त्यसको समाधान गर्न आग्रह गर्नुभएको छ । हामी संयुक्त समावेसी प्यानल विहानदेखि बेलुकासम्म भेटघाटमा व्यस्त भइरहेको छौं । कतै सुरक्षाको माग उठेको छ । कतै पुरानो बजार भएर पनि व्यवस्थीत हुन नसकीरहेको गुनासो छ । यस्ता थुप्रै कुराहरुका बारेमा जानकारी दिने र उहाँहरुको साथ र सहयोग प्राप्त गर्ने क्रम बढ्दो छ । यो साथ सहयोग मैले अहिले मात्रै होइन उहाँहरुले जिताएर पठाइसकेपछि पनि निरन्तर पाइरहनेछु भन्ने विश्वास छ । मैले जिते पनि हारे पनि काम गर्ने व्यापारीहरुको हक हितकै लागि हो । फरक यत्ति हो जिते पछि सिधै गर्न सकिन्छ ।
४. जितेपछि के गर्ने योजना छ ?
सर्वप्रथम मेरो कार्यकाल एक पटक मात्र हुनेछ । म एक पटक यो संघको नेतृत्व गर्न चाहन्छु । त्यो मेरो प्रतिबद्धता हो । अर्को कुरा मध्य तथगा सुदुरपश्चिम क्षेत्रको प्रवेशद्वारका रुपमा रहेको कोहलपुरलाई पर्यटकिय नगरी र व्यापारीक ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्ने हाम्रो प्यानलको साझा उदेश्य छ जसका लागि हामी सबै उद्योगी व्यावयासीको सुझाव र सरसल्लाहाले योजना बनाइ कार्यन्वयन गर्नेछौं ।

कोहलपुरलाइ हरित नगरका रुपमा नगरपालिकाले विकसित गर्ने निर्णयलाई साथ दिदै यसलाई पूर्वको कुसुम , पश्चिमको सम्झनाबजार उक्तरकामे पुरानो चिसापानी बजार र दक्षिणको हवल्दारपुर सम्मको सबै बजारलाइ विकसित थप आकर्षण र सुविधा सम्पन्न बनाउने छौं । यस क्षेत्रको बजार विस्तारका साथै औद्योगिक क्षेत्रको विकास गर्नका लागि विभिन्न निकायहरुसँग सहकार्य गरी अगाडि बढ्ने छौं ।

साथै बाँकेको सिमा बजार निर्भरता हटाउने अभियान थाल्ने छौं । सिमाबजार र नेपालगञ्ज बजारले कोहलपुरको व्यवसाय नराम्रोसँग प्रभावित भएको छ । व्यवसायी आक्रान्त छन् । सिमा बजार रुपैडिया र नेपालगञ्ज बजार प्रतिको निर्भरता न्युनिकरण गर्ने म र मेरो समूहको योजना छ ।

व्यवसायीमा कर शिक्षा नहुँदा विभिन्न उल्झनहरु सहनुपर्ने बाध्यतालाइ हटाउन त्यस्ता तामिल र गोष्ठीहरुको समय समयमा आयोजन ागर्नेछु । प्रदेश नं. ५ अन्तर्गत कोहलपुरलाई लगानी र उद्योग स्थापनाको गन्तव्य स्थान बनाउन पहल गर्ने छु ।

कृषि जडिबुडि,पर्यटन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा सम्भावनाको खोजी गरि लगानी वृद्वि गर्ने वातावरण सृजना गर्ने छु । संघमा महिला, युवा, मधेशी, दलित , मुस्लिम र जनजातीहरुको उद्यम व्यवसायमा पहुँच स्थापित गर्न उत्प्रेरित गर्ने छु ।

समग्रमा कोहलपुरलाई विकास केन्द्रको रुपमा विकास र व्यापारीहरुको हितमा लड्ने हाम्रो समुहको प्रमुख एजेण्डा हो । उद्योगी व्यवसायीका बारेमा सरकारको ठोस नीति नभएकाले व्यर्होनुपरेको कानुनी समस्या समाधानका बारेमा पनि म र मेरो प्यानलले विशेष प्रयास गर्नेछौ । 
५. अन्त्यमा के भन्न चहानुहुन्छ ?
अन्त्यमा मलाई चिप्ला कुरा गर्न आउँदैन । म काम गर्ने मान्छे भएकाले एक पटक कोहलपुर उद्योगा वाणिज्य संघको अध्यक्ष पदमा सेव ागर्ने अवसर दिनुहोस् । म एक कार्यकाल भन्दा बढी पुन ः अर्को पटक अध्यक्ष पदमा लड्दिन किनकी मलाई पदको लोभ छैन । म र मेरो संयुक्त समावेसी प्यानलको टिम विशुद्ध व्यापारीहरुको टिम हो ।

जसले लामो समय देखि कोहलपुर क्षेत्रमा रहेर व्यापार व्यवसाय गर्दै आइरहेका छौं । हामी काम गर्न चाहन्छौं काम गर्ने अवसर प्रदान गर्नुहुने भन्ने आशा र अपेक्षा हामीसंग छ । सबै उद्योगी, व्यवसायी मतदाताहरु सचेत र सजग हुनुहुन्छ । उहाँहरुले उद्योगी, व्यवसायीहरुको हकहितका लागि काम गर्न सक्ने र यो उद्योग वाणिज्य संघलाई व्यापक बनाउने क्षमता भएको समूहलाई नै छनोट गरी मतदान गर्नुहुनेछ भन्ने मलाइ पूर्ण शाखा र विश्वास छ ।

कुनै आग्रह पूर्वाग्रह नराखी उद्योगी, व्यवसायी ज्यूहरुले मलाई मत दिनुहुनेछ र त्यसको मैले उच्च सम्मान गर्दै यहाँहरुका हरेक सुझावहरुलाई आत्मसाथ गर्दै उद्योगी, व्यवसायीहरुको हकहितका लागि लाग्ने छु । कोहलपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष हुँदा मैले र मेरो पदले जति उम्मेदवार दिएको छ त्यसको मैले पुराका पुरा ईमानदारीतापूर्वक पुरा गरेको छु ।

मैले यहां उद्योगी, व्यवासायीहरुको हकहितमा काम गरेकै हो र आगामी दिनमा पनि गर्ने अठोटका साथ चुनावी मैदानमा छु । भरखरै नगरपालिकाले आफूले रोजेको जनप्रतिनिधि पाएको छ । स्थानीय सरकार रहेको नगरपालिका र हामी नीजि क्षेत्रको सहकार्यलाई अगाडि बढाउन चाहान्छौं ।

हाम्रो सहकार्यबाट कोहलपुर बजारको सुन्दरता हरियाली, ढल व्यवस्थापन फोहर मैला व्यवस्थापन, स्वच्छ र प्रदुषण मुक्त कोहलपुरको विकास मद्वत पुग्ने मेरो विश्वास छ । उपरोक्त उद्देश्य प्राप्त गर्न समेत मैले उम्मेद्वारी दिएको छु ।

अन्त्यमा सम्पूर्ण कोहलपुर उद्योग वाणिज्य संघको यही साउन १५ गते हुनु गईरहेको निर्वाचनमा संयुक्त समावेशी प्यालनबाट अध्यक्ष सहित २१ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दिएका उम्मेद्वारहरुलाई आफ्नो अमूल्य मत प्रदान गरी निर्वाचित गराई काम गर्ने अवसर प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।