काठमाडौं, कात्तिक ,१४-
एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिपका छनोट खेल आजबाट कीर्गिस्तानमा हुँदैछन् ।नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ ।
गत असोजमा भुटानमा भएको अन्डर एट्टिन साफ च्याम्पियनसिपको उपाधि जित्न सफल अधिकांश खेलाडी यसपटक अण्डर नाईन्टिन टोलीमा समावेश छन् ।एएफसी अन्डर नाइन्टिन फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले आयोजक कीर्गिस्तानसँगै बहराइन, युएई र ओमानसँग पनि खेल्नेछ ।
राउण्ड रबिन लिगको आधारमा संचालन हुने छनौट चरणमा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणका लागि छानिनेछ ।प्रतियोगिताका लागि एसियाका सबै टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।हरेक समुहका विजेतासँगै ५ उत्कृष्ट उपविजेता अर्को वर्ष हुने अण्डर नाइन्टिन एसिया कप फुटबल च्याम्पियनसिपको लागि छनोट हुनेछन् ।