नरैनापुरमा रुसुफको शाखा कार्यालय

नरैनापुर, फागुन ,२०-
ग्रामीण समाज उत्थान मंच-रुसुफ नेपाल नेपालगन्जले बाँकेको नरैनापुरमा शाखा कार्यालय स्थापना गरेको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा स्थापना गरिएको कार्यालयको आज गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गर्नुभयो । शाखा उद्घाटन गर्दै अध्यक्ष शाहले नरैनापुरलाई औंठाछाप मुक्त बनाउने अभियानलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले गाउँपालिकाका झण्डै १२ हजार नागरिकलाई साक्षर बनाउन अभियान चलाइरहेको बताउनुभयो । गाउँपालिकालाई निरक्षर मुक्त बनाउन गाउँपालिकाको सहकार्यमा ६ वटै वडामा साक्षरता अभियान चलाइरहेको रुसुफले कार्यक्रमलाई थप प्रभावकारी रुपमा सन्चालन गर्न शाखा खोलिएको बताएको छ ।

नरैनापुर शाखामा कार्यक्रम अधिकृतका रुपमा करुणा बयलकोटी र एरिया इन्चार्ज सुरज श्रीवास्तब रहनुभएको छ । बाँकेका सबै स्थानीय तहमा शाखा खोल्ने तयारी भइरहेको रुसुफ नेपालका अध्यक्ष मुस्ताक अली राईले जानकारी दिनुभयो ।