काठमाडौं,फागुन,२४-सर्वोच्च अदालतको फैसलासँगै नेकपा पार्टीको विघटन हुने र तत्कालीन नेकपा-एमाले र नेकपा (माओवादी केन्द्र) नै कायम रहने भएपछि धेरै कुराहरु व्यापक रुपमा हेरफेर हुने भएका छन्।
फैसलाका कारण सबैभन्दा अप्ठेरोमा माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरु परेको बताइएको थियो।उनीहरुले सोमबार दिउँसो आपसी छलफल गरी अदालतको फैसलालाई सम्मान गर्दै एमालेमै रहने र त्यहिँ संघर्ष गर्ने निष्कर्ष निकालेका छन्।
त्यसो हुँदा ओलीतर्फ रहेका पूर्वमाओवादी मन्त्रीहरुले के निर्णय गर्छन्, त्यो प्रतीक्षाको विषय बनेको छ।पूर्वएमालेहरु सबै एकठाउँमा हुँदा तत्कालीन पदाधिकारीहरु पनि सोहि हैसियतमा पुर्नस्थापित हुनेछन्।
जसमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली उपाध्यक्षको रुपमा फर्किनेछन्। त्यतिबेला निर्वाचित हुने पाँच उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति बनेकी छन् भने वामदेव गौतम विभाजनका बेला कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा लागेका छन्। गौतम पनि उपाध्यक्ष हुनेछन्।