एकैदिन २२ सय ३७ संक्रमित थपिए,१८ जनाको मृत्यु

काठमाडौं,साउन,१०-पछिल्लो २४ घण्टामा देशभर २२ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनामा कोरोना परीक्षण भएको थियो ।