काठमाडौं,फागुन,१२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।१३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् ।
१३ अंक जोडेर हिमालयन दशौं स्थानमा रहेको छ भने १० अंक जोडेर फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।
यसैगरी, दिउँसो १ बजे नै एन्फा कम्प्लेक्समा हुने खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो आज च्यासललाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ भने च्यासल यस अघि नै रेलिगेसनमा परिसकेको छ ।
६ अंक जोडेर च्यासल पुछारमा रहेको छ भने १८ अंक जोडेर सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।