काठमाडौं,चैत, १५-
नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेको छ ।पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ ।
सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहनु भएको छ । पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिक रुपमा भन्दा पनि कार्यनीतिक रुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख गरिएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।