राज बहादुर सानेले बनाउने भए चलचित्र ‘वीराङ्गना’

दाङ,असार,१९-
आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘वीराङ्गना’निर्माण हुने औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । पूर्व माननी उप प्रधान मन्त्री तथा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझिको प्रमूख अतिथ्यतामा सम्पन्न शुभ मूर्हत कार्यक्रममा पुराना कलाकारदेखी नयाँ अनुहार सम्मको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथी रायमाझिले नेपालीहरुको विरता आफुले नजिकबाट नियालेको भन्दै ‘वीराङ्गना साँचिकै राम्रो चलचित्र बनोस् भनि शुभ कामना व्यक्त गरे । उहाले नेपालको सिमा क्षेत्रमा नेपाली नारीहरुले प्रस्तुत गरेको विरताको ख्याल गर्न चलचित्र टिमलाई सुझाए ।
नेपालको सिमा क्षेत्रमा हुने अवैधानीक गतिविधी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र त्यसको शान्ति सरक्षाको प्रत्याभूति गर्न गराउन नेपाली नारीहरुले देखाउने विरताको विषयमा फिल्म निर्माण हुन लागिएको हो ।
चलचित्रको मूख्य भूमिकामा नायिका शिल्पा पोखरेल देखिने छिन् । उनलाई चलचिमा शसस्त्र प्रहरीको भुमिकामा देख्न सकिने निर्माण पक्षले बताईएको छ । शिल्पाको अलवा फिल्ममा अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, सुनिल दत्त पाण्डे, शुशिल पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झा लगायतको मूख्य भुमिका रहनेछ ।
यो चलचित्र नारी विरताको विषयमा बन्न लागको एक्शन चलचित्र भएको चलचित्रका निर्देशक राज बहादुर सानेले बताए । फोर्थ आई मुभिज प्रा।लिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई बाबुराम दास, श्याम बहादुर थापा र रघु परियारले निर्माण गर्न लागेका हुन् । फिल्मका कार्यकारी निर्माता किशोर झा हुन् । फिल्ममा श्रीकृष्ण श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, हरि घले लामाको छायांकन र दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत रहनेछ ।