कल्पना नै नगरेका यी पाँच फाइदा जानेपछि आलुको बोक्रा कसैले फाल्दैन

आलुलाई तरकारीहरुको राजा मानिन्छ, किनकी आलु हरेक प्रकारको परिकारमा मिसाउन सकिन्छ । त्यसैले आलु त सबैले खानु नै भएको छ, तर कहिले आलुको बोक्रा खानेबारे सोच्नु भएको छ ? यदि अहिलेसम्म सोच्नु भएको छैन भने अब सोच्नुहोस् !अब आलु पकाउँदा बोक्रालाई खेर फाल्न छाडिदिनुस् । यसले विभिन्न प्रकारका बिमारीहरुबाट टाढा राख्न सक्छ । के-के छन् त आलुको बोक्राबाट पाइने फाइदा ?

१. ब्लड प्रेशरका लागि

आलुमा पर्याप्त मात्रामा पोटाशियम पाइन्छ । यसले ब्लड प्रेशरलाई नियमित ढंगले सुचारु राख्न मद्दत गर्छ ।

२. मोटाबोलिज्म

आलुको बोक्रा शरीरको मोटाबोलिज्मलाई सही राख्न पनि मद्दतगार छ । विशेषज्ञहरुको भनाइ मान्ने हो भने यसले स्नायु प्रणालीमा पनि मजबुती मिल्दछ ।

३. एनीमियामा

यदि तपाइँको शरीरमा आइरनको कमी छ भने अन्य तरकारीहरुसँगै आलुको बोक्रा पनि खानु फाइदाजनक छ । आलुको बोक्रामा पर्याप्त मात्रामा आइरन हुन्छ, यसले एनीमिया हुने खतरा निकै कम हुन्छ ।

४. तागत आउँछ

यसमा पर्याप्त मात्रामा भिटामिन बी-३ पाइन्छ । भिटामिन बी-३ ले तागत दिने काम गर्दछ ।

५. फाइबरले भरपुर

मानव शरीरमा फाइबरको केही मात्रा हुनु आवश्यक छ । आलुमा पनि फाइबर पाइन्छ, तर बोक्रामा अझै धेरै मात्रामा पाइन्छ । यसले पाचन प्रणालीलाई थप मजबुद् बनाउन सहयोग गर्छ ।