नारायणकाजी र भगवतीले गरे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता

कास्की, पुस २०-

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पोखरास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर उहाँले आज उम्मेदवारी दर्ता गराउनु भएको हो । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् ।

बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हन् । यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।

न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ छन् । ईमेज खबरबाट