पल शाह प्रकरण:१० न्युजपोर्टल सहित १६ युट्युब च्यानल कारबाहीमा

दर्ता नभएका १० वेवसाइटहरू नेपालभित्र नचल्ने

पल शाह प्रकरण: १० न्युजपोर्टलसहित १६ युट्युब च्यानल कारबाहीमाकाठमाडौं,फागुन,२१-प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ। 

त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेवसाइटहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको र कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरेको काउन्सिलले विज्ञप्तिमार्फत् जनाएको छ।

विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लंघन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैबीच अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल)हरूमा सम्प्रेषित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भइ कार्य भइरहेको विज्ञप्तिमार्फत् जनाइएको छ। अन्नपुर्णपोष्टबाट साभार 

थप विस्तृत जानकारीको लागि तल दिएको  लिकं खोल्नुहोस् ।

काउन्सिलद्वारा २२ अनलाइनलाई सचेत-१६ युट्युबलाई कारबाही सिफारिस