दक्षिण कोरियाली राष्ट्रपति ली ले दुई दिने जापान भ्रमण गर्ने

फाईल तस्विरमा : दक्षिण कोरियाली राष्ट्रपति ली

टोकियो,पुस,२५-दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ अर्को हप्ता जापानको भ्रमणमा आउन लाग्नु भएको छ।

उहाँले जापान भ्रमणका बेला उहाँले प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलन गर्नुहुने, कोरियाली राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको छ।

मंगलबारदेखि सुरु हुने लीको दुई दिने भ्रमणमा देशहरूको “शटल कूटनीति” अझ बलियो बनाउनको लागि जापानीज प्रधानमन्त्री ताकाइचीको निमन्त्रणामा उहाँ जापान आउन लाग्नु भएको हो।

यो भ्रमण दक्षिण कोरिया र जापानविच दुई देशको विचमा नेताहरूले सुधारिएको द्विपक्षीय सम्बन्धको गति कायम राख्न पारस्परिक भ्रमण भएको जनाएका छन्।