काठमाडौं,असार,१४-जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले एक पक्षीय रुपमा २० जना कार्यकारिणी समिति सदस्य थप गरेर निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै पत्र पठाएका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुरले बहुमत पुर्याउन २० जनाको नाम थप गरेर आइतबार आयोगमा पत्र पठाएका हुन्।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ठाकुरले गत पुस ७ गते आफूलाई […]
Author: bihani
राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ताजस्तो हुनुभयो : सभापति देउवा
काठमाडौं,असार,१२-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाउनु भएको छ । संघीय संसद भवन नयाँवानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रुपमा संविधानले र्निदृष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जसरी काम […]
पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु
काठमाडौं,असार,१२-नेपालमा थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ८१० जनाको परीक्षण […]
युरोकपमा आजः इटालीलाई सहज, डेनमार्क र वेल्सको टक्कर
काठमाडौं,असार,१२-युरोकप २०२० का खेलहरु शनिबार रातिदेखि सुरु हुँदैछन्। क्वार्टरफाइनल प्रवेशका लागि वेल्सले डेनमार्क र इटालीले अष्ट्रियाको सामना गर्दैछन्। एम्स्टर्डममा राति पौने ९ बजे वेल्स र डेनमार्क भिड्नेछन। युरोप भन्दा बाहिरी देशका खेलाडीको भूमिका यी दुई देशलाई बरदान सावित भएको छ। एम्स्टर्डममा उत्रिदा दुबै टोली अन्जान हुनेछैनन्। पछिल्लोपटक यूरो २०१६ को अन्तिम १६ मा वेल्सले नर्थ […]
केही दिनमा देउवा जी प्रधानमन्त्री हुनुहुन्छ : प्रचण्ड
काठमाडौं,असार,१२-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताउनु भएको छ। पत्रकारहरुसँग आयोजना गरिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले संविधान अनुसार संसद पुनर्स्थापना हुने र देउवा प्रधानमन्त्री हुने बताउनुभयो।’यो नियम संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याएको […]
अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ता हुदैन: माधवकुमार नेपाल
काठमाडौं,असार,१२-पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पदको प्रलोभनमा परेर गठबन्धनलाई धोका नदिने बताउनुभएको छ । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरूसँगको अन्तरक्रियामा नेपालले पाँच दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको लोभमा धोका नदिने बताउनुभयो।पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको उहाँको भनाइ छ । एमाले […]
कांग्रेस सभापतिमा दोस्रो पुस्ताका नेताहरुको दाबी,अप्ठेरोमा शीर्ष नेता
काठमाडौं,असार,१०-दोस्रो पुस्ताका नेताहरुले पार्टी नेतृत्वको दाबी गर्न थालेपछि नेपाली कांग्रेसको सभापति बन्ने योजनामा रहेका शीर्ष नेताहरुका लागि चुनौती थपिने भएको छ। भदौको दोस्रो हप्ताबाट नेपाली कांग्रेसको १४औं महाधिवेशन हुँदैछ।पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, सुजाता कोइराला, कल्याण गुरुङ लगायतले सभापति पदमा प्रतिस्पर्धा गर्ने दाबी गरेका छन्। सभापति दाबी गर्ने यी […]
अली दाइको कीर्तिमानसँग रोनाल्डोको बराबरी
एजेन्सी,असार,१०-पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पुरुष फुटबलमा सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् । रोनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । युरोकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल गर्दै रोनाल्डोले दाइको कीर्तिमानसँग बराबरी गरेका हुन् । उक्त […]
निषेधाज्ञा खुकुलो भएपछि विद्युत् खपत बढ्दै
काठमाडौं,असार,१०-निषेधाज्ञा खुकुलो भएसँगै विद्युत् खपत बढ्न थालेको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण विद्युत् खपतमा कमी आएको थियो । अहिले निषेधाज्ञा खुकुलो बनाएपछि विद्युत् खपत बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकालगायत ठाउँमा निषेधाज्ञा खुकुलो बनाएको छ । सोही दिनदेखि नै विद्युत् […]
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं,असार,१०-नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ। पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ । २ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ […]









