काठमाडौं,जेठ,१५-सरकारले कोभिड- १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७- ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताउनुभयो […]
Author: bihani
नेपालमा एकैदिन १५६ जनामा संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो
काठमाडौं,जेठ,१५-नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार(आज) देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो।यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो। यसअघि बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो। योसँगै नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विपी कोइराला […]
आज गणतन्त्र दिवस मनाईंदै, १२ बर्षसम्म पनि सोचे अनुसारको प्रगति भएन
काठमाडौं,जेठ,१५-आज १३ औं गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ ।२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२/०६३ सालमा भएको जनआन्दोलनले […]
आगामी बजेटमा ऊर्जा, नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता
काठमाडौँ,जेठ,१४-आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण( डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना शुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आवको भन्दा झण्डै रु छ अर्ब कम हुने गरी रु ७५ […]
गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिए
कैलाली,जेठ,१४-प्रदेश नंम्बर ७ सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ७९६ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालगायत अन्य जिल्लाका नागरिक भित्रिएका छन् भने कञ्चनपुरको गड्डा चौकी नाकाबाट एक हजार ५८६ नेपाली नेपाल भित्रिएका हुन् । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लागु […]
संविधान संशोधनमा पार्टीलाई आरोपित गरेकोमा कांग्रेसको आपत्ति
काठमाडौं,जेठ,१४-संसदको प्रतिनिधि सभाले बुधबारको आफ्नो कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जेठ १४ गतेको बैठकको सूचना र संभावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको बताउनुभयो । ‘संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष […]
नेपालमा एकै दिन १ सय १४ जनामा संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो
काठमाडौं,जेठ,१४-नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, […]
एशियाली विकास बैंकले दियो नेपाललाई ३० अर्ब ऋण
काठमाडौं,जेठ,१३-एशियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । मंगलबार एडिबीले उक्त ऋण सहायता स्वीकृत गर्दै सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम खर्च हुने जानकारी दिएको हो । प्रतिकूल अवस्थामा […]
नेपाल झण्डै साढे ११ खर्ब ऋणमा, यो वर्षमात्र थपियो ९२ अर्ब, प्रतिव्यक्तिको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण
काठमाडौं,जेठ,१३-नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ।अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाललाई ११ खर्ब ३९ अर्ब ८० करोड ऋण लागेको छ । प्रतिनिधिसभामा मन्त्री खतिवडाले पेश गरेको आर्थिक सर्वेक्षण अनुसार यस वर्ष मात्र नेपाललाई ९१ अर्ब ९० करोड ऋण थपिएको छ । २०७६ असारसम्म कुल तिर्न बाँकी ऋण १० खर्ब […]
नेपालमा थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडौं,जेठ,१३-नेपालमा मंगलबार थप ९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन् । […]





