जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को आज उद्घाटन हुने

पवन मुडभरी/ बौनिया कार्त्तीक,१५- कैलालीको बर्दगोरिया गाउपालिकामा हुन गईरहेको जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को बुधबार एक कार्यक्रमका विच कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिहँ द्रारा उद्घाटन हुने बताइयको छ । आज बुधबार हुने पहिलो खेल दुई बजे हुने तय भएको आयोजकले जानकारी दिएको छ । जगततारा ईङलिस बोर्डीङ स्कुलको आयोजनामा […]

बाम एकता कांग्रेसका लागी अनिष्ठ हुने : एमाले उपाध्यक्ष रावल

पवन मुडभरी/ बौनिया,कार्तिक,१५- नेकपा एमालेका उपाध्यक्ष भिम रावलले बाम एकता नेपाली जनताका लागी नभई कांग्रेस पार्टिका लागी अनिष्ठ हुने बताएका छन । प्रेस चौतारी नेपाल कैलाली द्धारा मंगलबार कैलालीको बर्दगोरीयामा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष रावलले कांग्रेसका नेताहरु बाम एकता बाट अत्तालिएर अनिष्ठ सब्दको प्रयोग गर्न थालेको बताए । उपाध्यक्ष रावलले बाम एकता गठबन्धन लागी […]

फोरम नेपाल र राजपाबीच प्रदेश–२ मा सिट बाँडफाँट

काठमाडौं, कात्तिक १४- तराईलाई आधार बनाएर राजनीति गरिरहेका दुई दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मंगलबार प्रदेश नम्बर–२ को प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश नम्बर–२ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरम नेपालले लिएको छ भने १५ सिट राजपालाई दिइएको छ । यसैगरी, प्रदेशसभातर्फ ६४ मध्ये ३३ […]

बालकृष्ण ढुंगेलको पक्राउ शान्ति–सम्झौताविरुद्ध भन्दै माओवादी केन्द्रद्वारा तत्काल रिहा गर्न माग

काठमाडौं, कात्तिक,१४- नेकपा माओवादी केन्द्रले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति–सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो–‘द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति–सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँलाई तत्काल रिहा गरिनुपर्छ । ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै […]

एमाले र माओवादीका तीन सांसद कांग्रेसमा प्रवेश

काठमाण्डौं,कार्त्तीक,१४- एमाले र माओवादीका तीन पूर्वसांसद कांग्रेसमा प्रवेश गरेका छन् । एमालेबाट गत संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट एमालेबाट जितेका सांसद मोहनसिंह राठौर, माओवादी केन्द्रबाट सर्लाही २ बाट जितेका शम्भुलाल श्रेष्ठ कांग्रेसका प्रवेश गरेका हुन् । दुवै पूर्वसांसदलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराएका हुन् । एमालेबाट सांसद बनेकी रविना […]

अन्तत : माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाण्डौं,कार्त्तीक,१४- नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अन्तत: पक्राउ गरेको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराे (सिअाईबी)काे टाेलीले  ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतकाे फैसला कार्यान्वयन इकाईमा लगिएको स्राेतले बताएको छ । उनले ट्राउजर, […]

सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का

काठमाडौँ,कार्त्तीक,१४- मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ ।निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ का १४, प्रदेश […]

कांग्रेसले अघि सारेको घोषणा पत्रको २० वटा बुँदाको लक्ष्य

काठमाण्डौ,कार्त्तीक,१४- नेपाली कांग्रेसको घोषणा पत्रमा समावेश गरिएका २० वटा बुँदा यहाँ प्रस्तुत गरिएको छ । अबको १० वर्षमा नेपाललाई कस्तो बनाउने ? नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि र लक्ष्यः अबको १० वर्षमा नेपाल’ शीर्षकमा २० वटा बुँदाहरु प्रस्तुत गरेको छ । काठमाडौं–मधेस एक्सप्रेस वे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना कांग्रेसले अघि सारेको […]

नेपाल आयल निगम प्रमुखको जिम्मेवारी भट्टराईलाई

काठमाण्डौं,कार्त्तीक,१४- आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगमकै निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ। आपूर्ति मन्त्रिस्तरीय निर्णयका आधारमा भट्टराईलाई सो जिम्मेवारी दिइएको हो। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भने मन्त्रालयमा नै कामकाज गर्ने गरी व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो । निगमको जग्गा खरिदमा अनियमितता भएको भन्दै चौतर्फी दबावमा परेपछि सरकारले खड्कालाई […]

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, कार्तिक ,१४- नेपाली कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले आज आफ्नो ८४ पृष्ठको निर्वाचन घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्ने भएको हो । संसद्बाट निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्र तयार पारिएको छ । घोषणापत्रमार्फत कांग्रेसले प्रत्यक्ष कार्यकारी प्रमुखले मुलुकमा अस्थिरता र निरंकुशता ल्याउने भन्दै वाम गठबन्धनले […]