काठमाडौं,कार्तिक,१३- प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निकै प्रतिस्पर्धात्मक रहेको दुई नम्बर प्रदेशको उम्मेदवार चयनको विषय निकै जटिल बन्दै गएको छ । दलका उम्मेदवारका आकांक्षी धेरै छन् भने वाम गठबन्धनसँग बलिया उम्मेदवार धेरै छन् । जसका कारण उम्मेदवार चयनका विषयमा दुवै पक्ष एक अर्कालाई पर्खिंदै छन् । दुई नम्बर प्रदेशमा मधेसवादी दलका असन्तुष्ट उम्मेदवारलाई वाम गठबन्धनले टिकट […]
Author: bihani
प्रदेश र प्रतिनिधिसभाका लागी छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय
काठमाडौं, कात्तिक १२- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने भएको छ । सर्वोच्च अदालतले गत बुधबार छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा के कस्तो प्रगति भएको भन्दै विवरण मागेपछि आयोग सर्वोच्चको आदेशअनुसार अघि बढ्ने निर्णयमा पुगेको हो । यसअघि आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्न सुरु गरेको थियो […]
लम्कीचुहा नगरपालीका १ धोबेनी खोलामा स्कुटर दुर्घना हुँदा १ जनाको मृत्यु
पवन मुडभरी/ बौनीयाँ,कार्तिक,१२- कैलालीको लम्कीचुहा नगरपालीका १ धोबेनी खोलामा स्कुटर दुर्घना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालीका ५ तिलकपुर स्थित कान्छीबजार निवासी २८ वर्षका नवल सिंह बुढाको उपचारका क्रममा लाल रत्न अस्पताल लम्कीमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक नैन बहादुर साउंदले जानकारी दिनुभएको छ । डुंडेझारी जंगलको आधाकिलोमिटर […]
वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क तालिम
काठमाडौँ, कार्तिक,१२- वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना (सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम’ सञ्चालन गर्न लागेको हो।तालिम सञ्चालन […]
मतपत्र विवादः निर्वाचन आयोगले विज्ञहरुसंग आज छलफल गर्दै
काठमाडौं,कार्तिक,१२- सर्वोच्च अदालतको पछिल्लो आदेशका कारण प्रदेश र प्रतिनिधीसभा निर्वाचनको मतपत्र एउटै वा फरक फरक छाप्ने भन्ने अन्योलमा रहेको निर्वाचन आयोगले सो विषयमा आज विज्ञहरुसंग छलफल गर्ने भएको छ । आयोगले आज कानुनविदहरुसंग कानुनी, प्राविधिक र व्यवहारीक सवै पक्षका विषयमा छलफलगरी उपयुक्त निर्णय लिने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ । उहाँले आयोग […]
कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दै
काठमाडौं,कार्तिक,१२- प्रदेश र प्रतिनीधिसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दैछ । गठवन्धनवीच सिटसंख्या बाँडफाँड र पार्टीभित्रै आन्तरिक भागवण्डा मिलाउन पर्ने भएकाले संसदीय समिति बैठक लम्विदै गएको हो । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहानैदेखि सुरुहुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभातर्फको उम्मदवारको विषय अन्तिम चरणमा पुगेकाले आज प्रदेश […]
एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि
काठमाडौं,कार्तिक,१२- एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् । रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो । संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन […]
आज दलहरुले समानुपातिकको नाम संशोधन गर्ने’
काठमाडौं,कार्तिक,१२- निर्वाचन आयोगमा दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि पठाएको नामको संशोधन हुँदैछ । समानुपातिकतर्फ दलहरुले यसअघि नाम बुझाए पनि अन्तिम संशोधनका लागि आज समय दिइएकाले दलको प्रतिनिधिसँगै बसेर यो काम हुने आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । त्यसपछि केही अरु प्रक्रियापछि १७ गते समानुपातिकतर्फको नाम सार्वजनिक गरिने कार्यतालिका रहेको ढकालले बताउनुभयो ।
शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द
काठमाडौं,कार्तिक,१२- सप्तरीको राजविराजबाट काठमाडौ आउँदै गरेको यात्रुबस धादिङमा दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ३१ पुगेको छ । दुर्घटनामा सप्तरीकै २० भन्दा बढीको मत्यु भएपछि सिङ्गो जिल्ला शोकमग्न भएको छ । दिपावली र छठ मनाएर काठमाडौं फर्किएकाहरुको सो दुर्घटनामा मृत्यु भएको हो । यसैबीच, बस दुर्घटनाको शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द हुने भएका छन् । […]
त्रिशूलीमा भएको बस दुर्घटना छानबिन गर्न समिति गठन
धादिङ,कात्तिक ११- सरकारले धादिङमा शनिबार भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक पनि रहनेछन्। मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै […]








