बेलायतमा कोरोनाका कारण एकैदिन १६ सय ३१ जनाको मृत्यु

काठमाडौं,माघ,१४-बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको बीबीसीले जनाएको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत […]

जापानमा कोरोनाका कारण एकैदिन १०४ जनाको मृत्यु

जापान,माघ,७-जापानमा कोरोना भाइरस (कोभिड–१९) कारण एकै दिन मंगलबार १०४ जनाको मृत्यु भएको छ । यो संगै जापानमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ७ सय पुगेको हो । मंगलबार मात्र ५ हजार ३ सय २० जना संक्रमित थपिएका छन् । यो संगै जापानमा संक्रमित हुनेको संख्या ३ लाख ४१ हजार ६ सय ९ जना […]

भारतमा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु

काठमाडौं,माघ,६-भारतको गुजरातमा ट्रकले किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ।गुजरात प्रहरीका अनुसार गम्भीर घाइतेमध्ये थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको हो। ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा थिए।ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

भारतमा आजदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं,माघ,३-भारतले शनिबार (आज)देखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैछ । खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ । भारतले पहिलो प्राथमिकतामा रहेका ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ ।खोपका लागि […]

डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन संसदमा प्रस्ताव पेश

एजेन्सी,पुस,२८-राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । आगामी जनवरी २० मा स्वतः पदमुक्त हुने भएपनि एक […]

अमेरिकाका राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी, तुरुन्त राजीनामा दिन सुझाव

काठमाडौं,पुस,२७-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी भइरहेको छ।केही दिनअघि संसद् भवनभित्र भएको हुलदंगा उनैले गराएको आरोपमा ट्रम्पविरुद्ध डेमोक्र्याटिक सांसदले महाभियोग लगाउने तयारी गरिरहेका हुन्। डेमोक्र्याटिक पार्टीका एक नेताले ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमा संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा मंगलबारसम्म मतदान हुन सक्ने बताएका छन्। बीबीसीका अनुसार संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग महाभियोग प्रक्रिया यो […]

दार्चुलामा भारतले फेरि सीमा मिच्यो

काठमाडौं,पुस,२३-भारतले महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर पुनः सीमा मिचेको छ।अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्दै नेपाली भूमीमा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेको हो ।२०७० असार २ गते महाकाली नदीमा आएको बाढीले महाकाली नदीले नेपालतर्फको भू–भाग कटान गर्दा नेपालको भूमी भारतपट्टी परेको छ । त्यही भूमिमा भारतले अहिले बाँध निर्माण गरिरहेको हो । पुस १ गतेदेखि […]

जापान प्रवेशमा विदेशीलाई रोक, नेपाल पनि पर्यो

काठमाडौं,पुस,१२-जापानमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेपछी यसको नियन्त्रणका लागि आफ्नो देशमा विदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ । बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले भोलिबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउने जनाएको छ । जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश […]

नेपालमा जस्तै विवादित बनेको एमसीसी श्रीलंकाबाट फिर्ता

काठमाडौं,पुस,२-अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ। वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो। नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी परियोजना विवादमा परेको थियो। श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो। जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजना थिए। एमसीसीले […]

पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल भारत सहमत

काठमाडौं,मंसिर,२३-नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्नसमेत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल–भारतबीच पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि […]