नेपालमा जस्तै विवादित बनेको एमसीसी श्रीलंकाबाट फिर्ता

काठमाडौं,पुस,२-अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ। वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो। नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी परियोजना विवादमा परेको थियो। श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो। जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजना थिए। एमसीसीले […]

पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल भारत सहमत

काठमाडौं,मंसिर,२३-नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्नसमेत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल–भारतबीच पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि […]

संयुक्त राष्ट्र संघमा नेपालले पनि गर्‍यो गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान

काठमाडौं,मंसिर,१८-नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ। संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बुधबार भएको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको हो। भियनास्थित नेपालको स्थायी नियोगका राजदूत प्रकाशकुमार सुवेदीले ट्विट गर्दै नेपालले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको बताएका […]

चीनका रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं,मंसिर,१४-चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपालको औपचारिक भ्रमणका लागि आज (आइतबार) काठमाडौं आइपुग्दै छन्। चीनका पहिलो वरियताका स्टेट काउन्सिलर वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित अहिले बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नेछन्। त्यहाँ दिवाभोज गरेपछि […]

बिश्व प्रसिद्ध फुटबल हस्ती म्याराडोनाको निधन, विश्व फुटबल जगत शोकाकुल

काठमाडौं,मंसिर,११-बिश्व प्रसिद्ध फुटबल हस्ती डिएगो अर्मेन्डो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको अर्जेन्टाइनी राजधानी ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दियो । यही महिनाको शुरुमा मस्तिष्तमा रगत जमेका कारण सफल शल्यक्रिया गरिएका म्याराडोनालाई मदिराको लतबाट हटाउने उपचार सुरु गर्ने तयारी भइरहेको थियो । ८० को दशकका सफल […]

मुम्बई इण्डियन्स बन्यौ आईपीएल च्याम्पियन

काठमाडौं,कार्तिक,२६-मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।मुम्बईको जितमा कप्तान […]

नेपालको तीनदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किए भारतीय सेना प्रमुख नरवणे

काठमाडौं,कार्तिक,२१-भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका छन्।अपरान्ह ४:४५ बजे उनी इन्डिया एयरफोर्सको विशेष विमान स्वदेश फर्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ। यसअघि बुधबार उनलाई ल्याएर सोही दिन दिल्ली फर्किएको विमान उनलाई लिनका लागि शुक्रबार बिहान ११ बजेतिर काठमाडौं अवतरण गरेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ। नेपाली […]

नेपाली सेनाको १८औँ मानार्थ महारथी बने नरवणे, राष्ट्रपतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं,कार्तिक,२०-राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । बिहीबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा एक कार्यक्रमकाबीच मानार्थ महारथीको चिन्ह प्रदान गर्नु भएको थियो। नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे भारतीय सेनाका १८औं सेना प्रमुख हुन्। योसँगै उहाॅं नेपाली सेनाको मानार्थ महारथी बनेका छन्। नेपाली […]

नेपाल-भारत कुटनीतिक र राजनीतिक वार्ता सुचारु हुँदै, कालापानी र सुस्ताको विषयमा छलफल नहुने

काठमाडौं,कार्तिक,१८-एक वर्षदेखि अवरुद्ध भएको नेपाल भारत कुटनीतिक र राजनीतिक वार्ता पुनः सुचारु हुने भएको छ । मंसिर महिनाभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने तयारी भएको छ । आलोपालो प्रचलन अनुसार परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको छैटौं बैठक बस्ने तयारी भएको हो । दुई देशको सम्बन्धका सबै पक्षमा छलफल गर्ने उद्देश्यले ३३ वर्षअघि यो संयन्त्र बनाइएको हो । […]

रुसद्वारा उत्तर सिरियामा हवाई हमला, टर्की समर्थक ५० भन्दा बढी लडाकुको मृत्यु

काठमाडौं,कार्तिक,११-उत्तर सिरियाको इडलिब प्रान्तमा रुसले गरेको हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ। बीबीसीले दिएको खबरअनुसार घटनामा कैयौं लडाकु घाइते भएका छन्। हवाई हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ।फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर आक्रमण गरिएकाे थियाे।  यस आक्रमणपछि रुस र टर्कीको मध्यस्थतामा इडलिबमा गरिएकाे युद्धविराम खतरामा परेको […]