च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो युभेन्ट्स

फाईल तस्विर !!

काठमाडौं,फाल्गुन,२६-इटालियन च्याम्पियन युभेन्ट्स जारी सिजनको यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको । 

मंगलबार राती भएको दोस्रो लेगमा घरेलु मैदानमा पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्ट्ले क्वाटरफाइनल यात्रा तय गर्न सकेन। गएराति अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो।

त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो ।समग्रमा ४-४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि युभेन्ट्सको अगाडीको यात्रा तय गर्न सकेन। 

पोर्टोको जितमा सर्जियो अलिभिएरा २ गोल गरे।  युभेन्ट्सका फेडेरिको किएजाले २ तथा एड्रिएन राबिअटले १ गोल गरे। त्यसपछि थप गोल फर्काउन नसक्दा युभेन्ट्स प्रतियोगिताबाट बाहिरिनु परेको हो। 

यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको दोस्रो लेगमा स्पेनिस क्लब सेभिल्लासँग २-२ गोलको बराबरी खेलेपनि समग्रमा ५-४ को नतिजा निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो।