ठकुरी समाजद्वारा अशाय बालबालीका र बृद्वबृद्वाहरुलाई न्यानो कपडा वितरण

बाँके,पुस,२७-

पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

जन्म जयन्तीको अवसर पारी बाँकेको नेपालगंजमा रहेको बागेश्वरी मन्दिर परिषरमा ठकुरी पत्रकार समाज नेपालले पनी एक कार्यक्रम गरी बागेश्वरी मन्दिरमा रहेका विभिन्न अशाय बालबालीका र बृद्वबृद्वाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

अशाय बालबालीका र बृद्वबृद्वा गरी ५० जनालाई न्यानो कपडा वितरण गर्नुका साथै नवनिर्वाचीत जनप्रतीनीधीहरुलाई समेत सम्मान गरेको छ ।

कार्यक्रमको प्रमुख अतीथीमा बाँके क्षेत्र नं. २ बाट निर्वाचीत माननीय सुरेन्द्र हमाल यसैगरी सोही वडाका वडा अध्यक्ष माम्मु हमाल, सदस्य धुर्व दाहाल,अधीकारकर्मी समाजसेवा कर्मी लगायत पत्रकारको उपस्थीती रहेको थियो ।