कैलाली,फागुन,२१-विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई जिल्ला अदालत कैलालीबाट रिहा गरिएको छ । जिल्ला कारागार कैलालीबाट जिल्ला अदालत ल्याएर पुन र अर्का प्रदेश सदस्य विवेक कुमाललाई रिहा गरिएको हो । नेपाल सरकार र विप्लब नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि उनीहरुलाई रिहा गरिएको अदालतले जनाएको छ । रिहा भएपछि पुन र कुमाललाई नेकपा […]
राजनीति
प्रचण्ड-नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो
काठमाडौं,फागुन,२१-प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्। शुक्रबार सिंहदरबारमा बसेको सो पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको एक सांसदले जानकारी दिनुभयो । प्रचण्डको प्रस्तावक माधवकुमार नेपाल र समर्थक पम्फा भुसाल रहेका थिए।कानुन व्यवसायीहरुको सुझावको आधारमा दलको […]
विप्लवसँग रातारात सहमति भएको छैन् : प्रधानमन्त्री ओली
काठमाडौं,फागुन,२१-प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पार्नु भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्षौदेखिको वार्ताको प्रयास अहिले आएर सफल भएको बताउनुभयो । सरकारले विप्लव नेकपासँग रातारात सहमति गर्यो भन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो । ‘केहीदिन […]
तीन बुँदे सहमति पालना गर्न प्रतिवद्ध छौं-विप्लव
काठमाडौं,फागुन,२१-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आजको दिन राजनीतिको नयाँ थालनीको दिन भएको उल्लेख गर्नुभएको छ । काठमाडौंमा सरकारसँग तीन बुँदे सहमति गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । अध्यक्ष विप्लवले सहमतिका पछाडी महान् आकांक्षा रहेको दावी गर्दै भन्नुभयो, ‘देशलाई स्वाधीन र स्वाभीमानी मुलुक बनाउन, समृद्धीको आकांक्षा पूरा […]
नवलपरासीमा सहिद परिवारलाई भेटेर काठमाडौं आउँदै : विप्लव
काठमाडौं,फागुन,२१-सरकारसँग सम्झौताका लागि हस्ताक्षर र सम्बोधन गर्न नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदै हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिँदै छन्।सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दैछन्। दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि […]
ओली र ‘विप्लव’ले आज एउटै मञ्चबाट सम्बोधन गर्ने
काठमाडौं,फागुन,२१-विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुदैँछ। सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति भएपछि आज चन्द सार्वजनिक हुन लाग्नु भएको हो । आज २ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रम मार्फत विप्लव समूहका महासचिव चन्द सार्वजनिक हुनु हुँनेछ । यो समुहलाई मूलधारको राजनीतमा फर्काउन सरकारले विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि बुधबारदेखि औपचारिक […]
विप्लवसँग सरकारको तीनबुँदे सहमति : शुक्रबार प्रम ओली र विप्लवले सम्बोधन गर्ने
काठमाडौं,फागुन,२०-नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। बिहीवार तेस्रो चरणको वार्तापछि दुई पक्ष सहमतिमा पुगेको हो। नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव नेतृत्वको नेकपाबाट प्रकाण्डले हस्ताक्षर गरेको प्रेस नोटमा उक्त सहमति भएको उल्लेख छ। विप्लवले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने र सरकारका तर्फबाट […]
प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको छ: प्रवक्ता शर्मा
काठमाडौं,फागुन,२०-कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको बताउनुभएको छ । बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाएको भए पनि आफूहरूले झ्यालबाट चिहाइरहेको बताउनुभयो । ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ,’ उहाँले भन्नुभयो, ‘तर, कांग्रेसले ढोका खोलेको […]
संसद सचिवालयलाई दाहाल-नेपालको पत्र:ओलीको कार्यलाई मान्यता नदिनु
काठमाडौं,फागुन,२०-नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ । सो समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराउनुभएको हो । सो समुहले […]
मलाई मधेश पस्न नदिए पनि पानीचाहिँ नरोक्नु: प्रधानमन्त्री ओली
सिन्धुली,फागुन,२०-प्रधानमन्त्री केपी ओलीले मधेशमा आफूलाई पस्न नदिनेहरुलाई आफैले शिलान्यास गरेको आयोजनाबाट वितरन हुने पानी भने नरोक्न आग्रह गर्नुभएको छ । बिहीबार सिन्धुलीको कुसुमटारमा सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास गर्दै ओलीले भन्नुभयो, ‘मलाई मधेश पस्न नदिए पनि पानी चाहिँ नरोक्नुहोला ।’ केही मानिसले आफूलाई मधेश विरोधी भने पनि मधेशका खेतमा पानी पसाउने कामको थालनी गरेको भन्दै ओलीले भन्नुभयो, […]




