काठमाडौं,फागुन,२३-सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
राजनीति
विवादित नेकपाको “नाम“को फैसला आज हुँदै
काठमाडौं,फाल्गुन,२३-नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज हुँदैछ। सर्वोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २० गते निर्णय सुनाउने मिति तोकेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण अदालतमा शोक बिदा परेपछि निर्णय सुनाउने मिति पछि सरेको हो । नेपाल कम्युनिष्ट […]
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै,के-के छन् कार्यक्रम?
काठमाडौं,फागुन,२३-पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज (आइतबार) बस्दै छ।तीब्र राजनीति विवाद र अन्योलका बीच प्रतिनिधिसभाको हिउंदे अधिवेशन आजबाट शुरु हुँदै छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पूनस्थापना गरेपछि संसदको सातौँ अधिवेशन शुरु हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गर्नु भएको थियो। […]
विप्लवसहित पहिलोपटक चार दलीय मोर्चाको बैठक
काठमाडौं,फागुन,२२-चार दलीय रणनैतिक संयुक्त मोर्चाको बैठक काठमाडौँमा बसेकोछ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्द फुकुवा भएसँगै संयुक्त मोर्चाको बैठक बसेको हो। बैठकमा मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, आहुति, ऋषि कट्टेल, सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड”, जागृत रायमाझी लगायत उपस्थित छन्।बैठकमा चार कम्युनिस्ट पार्टीको रिपोर्ट, समीक्षा र भावी रणनीतिका विषयमा छलफल भइरहेको नेता जागृत रायमाझीले जनाकारी […]
विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड
काठमाडौं,फागुन,२२-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गर्नु भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव नेकपाका नेताहरुलाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा आफू रहेको बताउनुभयो।उहाँले आफूले कोरेकै गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद समेत दिनुभयो। ‘यहाँ विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि […]
नेकपा विभाजन नभइ कुनै कदम चाल्नुहुँदैन-डा.शेखर कोइराला
काठमाडौं,फाल्गुन,२२-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नभइ पार्टीले कुनै पनि कदम चाल्न नहुने बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले पार्टीले नेकपाको विभाजनलाई कुनपर्ने बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वले आगामी चुनाव गराउनुपर्नेमा जोड दिँदै सरकारमा जानुपर्ने गर्नुपर्ने धारणा राख्नुभयो । […]
म प्रधानमन्त्री बन्न लालाहित छैन:शेरबहादुर देउवा
काठमाडौं,फाल्गुन,२२-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको लागि लालाहित नभएको बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनुभएको हो ।‘म प्रधानमन्त्रीको लागि लालाहित छैन, विनाकारण हल्ला चलाइयो,’ उहाँले भन्नुभयो, ‘तर, विपक्षी दलको नेता जहिले पनि वेटिङ प्राइमिनिस्टर हो ।’ आफूले प्रधानमन्त्री […]
वामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटी पुगे
काठमाडौं,फागुन,२१-विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुग्नु भएको छ। गौतमलाई भेट्न ओली शुक्रबार बेलुकी गौतम निवास भैंसेपार्टी पुग्नु भएको हो। प्रचण्ड-माधव समूहले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगमा ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा […]
निर्वाचन आयोगले नेकपा विवादको टुंगो आइतबार लगाउने
काठमाडौं,फागुन,२१-निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको टुंगो आइतबार लगाउने बताएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने बताउनुभयो । शुक्रबार आयोग पुगेका प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले जानकारी दिनुभयो।‘प्रमुख निर्वाचन आयुक्तले आइतबार बैठक राखेर यस […]
काँग्रेसको अझै स्पष्ट धारणा आएन, उचित समयमा उचित निर्णय लिने
काठमाडौं,फागुन,२१-नेपाली कांग्रेसको संसदीय दलको बैठकले शुक्रबार पनि आफ्नो स्पस्ट धारणा तय गर्न सकेको छैन।शुक्रबार बसेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न नसकेको हो । बैठकमा पार्टीका २९ जना सांसद्हरुले आफ्ना धारणा राखेका थिए।सांसदहरूको विचार, धारणा र भनाइलाई ध्यानमा राखेका पार्टीले निर्णय गर्ने कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा नेकपाका […]





