काठमाडौं,फागुन,१९-सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लाग्नुभएको हो । यसअघि सभामुख सापकोटा हिजो संसद भवन नयाँ बानेश्वर पुगेर सभाहल र अन्य कक्षहरुको अवलोकन गर्नुभएको थियो । सो क्रममा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सापकोटाले आजदेखि दलहरुसँग […]
राजनीति
विप्लव नेतृत्वको नेकपासंगको वार्ता समिति गठन सकारात्मक : कांग्रेस
काठमाडौं,फागुन,१८-नेपाली कांग्रेसले सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताका लागि बनेको वार्ता समितिको स्वागत गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको’ बताउनुभयो । उहाँले ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि […]
विप्लव नेतृत्वको नेकपाद्धारा प्रकाण्डको संयोजकत्वमा दुई सदस्यीय वार्ताटोली गठन
काठमाडौं,फागुन,१८-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले सरकारसँग वार्ता गर्ने टोलीको विवरण सार्वजनिक गरेको छ। सो पार्टीका प्रवक्ता तथा केन्द्रीय समिति सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को संयोजकत्वमा दुई सदस्यीय वार्ताटोली गठन गरेको पार्टीका महासचिव विप्लवले जानकारी दिनुभएको छ। टोलीका अर्का सदस्यमा उदय चलाउने (दीपक) लाई राखिएको छ।विप्लवले सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न […]
आलोचना र गालीलाई ‘ब्राण्ड’ बनाउन दुर्गा प्रसाईंबाट सिक्नुहोस्-प्रधानमन्त्री ओली
काठमाडौं,फागुन,१८-प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र गालीलाई ‘ब्राण्ड’ बनाउन दुर्गा प्रसाईंबाट सिक्नुपर्ने बताउनुभयो । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले गाली र आलोचनाबाट हत्होत्साही नभएर त्यसबाट शक्ति आर्जन गरी सकरात्मक कामतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । व्यवसायी एवं अस्पतालका सञ्चालक प्रसाईंप्रति मार्सी चामलको विषयलाई लिएर आलोचना गर्दा उहाँले ‘मार्सी बियर’ नामक ब्राण्ड बनाएको ओलीले बताउनुभयो […]
मलाई एक अर्ब रुपैयाँको प्रलोभन आयो-मन्त्री आले
काठमाडौं,फागुन,१८-वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको खुलासा गर्नुभएको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि […]
विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
काठमाडौं,फागुन,१८-सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ। मंगलबार सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिनुभयो । वार्ता टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले चाँडै […]
सरकारले पशुपति आर्यघाटमा निःशुल्क दाउरा उपलब्ध गराउछ : मन्त्री आले
काठमाडौं,फागुन,१७-वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री आलेले दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेकाले यसैपटक लागू हुने उहाँको भनाइ छ […]
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान
काठमाडौं,फागुन,१७-राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गर्नु भएको छ। मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गर्नु भएको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति कार्यालयले सोमबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस पत्र पेस भएको र […]
प्रचण्ड-नेपाल पक्षको स्थायी र केन्द्रीय समिति बैठक बुधबार पेरिसडाँडामा बस्ने
काठमाडौं,फागुन,१७-प्रचण्ड-नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले स्थायी केन्द्रीय समिति बैठक फागुन १९ गते बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बताउनुभयो । ‘फागुन २१ गते बुधबार […]
संसद् बैठक फागुन २३ गते अपराह्न ४ बजे राख्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं,फागुन,१७-सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार यसअघि बसेको मन्त्रिपरिषद् बैठकमै यसबारे छलफल गरिए पनि आजको बैठकले औपचारिक निर्णय गरेको हो।