ओली र ‘विप्लव’ले आज एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं,फागुन,२१-विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुदैँछ। सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति भएपछि आज चन्द सार्वजनिक हुन लाग्नु भएको हो । आज २ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रम मार्फत विप्लव समूहका महासचिव चन्द सार्वजनिक हुनु हुँनेछ । यो समुहलाई मूलधारको राजनीतमा फर्काउन सरकारले विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि बुधबारदेखि औपचारिक […]

विप्लवसँग सरकारको तीनबुँदे सहमति : शुक्रबार प्रम ओली र विप्लवले सम्बोधन गर्ने

काठमाडौं,फागुन,२०-नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। बिहीवार तेस्रो चरणको वार्तापछि दुई पक्ष सहमतिमा पुगेको हो। नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव नेतृत्वको नेकपाबाट प्रकाण्डले हस्ताक्षर गरेको प्रेस नोटमा उक्त सहमति भएको उल्लेख छ। विप्लवले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने र सरकारका तर्फबाट […]

प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको छ: प्रवक्ता शर्मा

काठमाडौं,फागुन,२०-कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको बताउनुभएको छ । बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाएको भए पनि आफूहरूले झ्यालबाट चिहाइरहेको बताउनुभयो । ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ,’ उहाँले भन्नुभयो, ‘तर, कांग्रेसले ढोका खोलेको […]

संसद सचिवालयलाई दाहाल-नेपालको पत्र:ओलीको कार्यलाई मान्यता नदिनु

काठमाडौं,फागुन,२०-नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ । सो समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराउनुभएको हो । सो समुहले […]

मलाई मधेश पस्न नदिए पनि पानीचाहिँ नरोक्नु: प्रधानमन्त्री ओली

सिन्धुली,फागुन,२०-प्रधानमन्त्री केपी ओलीले मधेशमा आफूलाई पस्न नदिनेहरुलाई आफैले शिलान्यास गरेको आयोजनाबाट वितरन हुने पानी भने नरोक्न आग्रह गर्नुभएको छ । बिहीबार सिन्धुलीको कुसुमटारमा सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास गर्दै ओलीले भन्नुभयो, ‘मलाई मधेश पस्न नदिए पनि पानी चाहिँ नरोक्नुहोला ।’ केही मानिसले आफूलाई मधेश विरोधी भने पनि मधेशका खेतमा पानी पसाउने कामको थालनी गरेको भन्दै ओलीले भन्नुभयो, […]

पौडेललाई देउवाको काउन्टर-प्रधानमन्त्रीको प्रस्ताव आए पछि हटिन्न, सानो चित्त नबनाउनुस्

चितवन,फागुन,१९-नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी काँधमा आए पछि नहट्ने बताउनुभएको छ । पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा बोल्दै सभापति देउवाले कांग्रेस पदको लोभ नगर्ने पार्टी भएकाले पदको लोभ पनि नगर्ने तर जिम्मेवारी आए पछि नहट्ने प्रष्ट पार्नुभयो । तर सोही शोकसभामा बोल्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले […]

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक रहेको भनाइ

काठमाडौं,फागनु,१९-सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुबै पक्षले बैठकमा आ-आफ्नो विषय प्रवेश गराएका छन् । आज औपचारिक शुरुवात बाहेक अरु विषयमा छलफल नभएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक रहेको जानकारी […]

सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी

काठमाडौं,फागुन,१९-सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ । वार्ताका लागि विप्लव समूहको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो । उच्च सुरक्षा सतर्कताबीच दुबै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् । वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा […]

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,फागुन,१८-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक यहि फागुन २३ गते बस्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो । आगामी […]

बाबुरामको ट्विटमा कमल थापाको रिप्लाई, ‘तपाईंलाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव हो’

काठमाडौं,फागुन,१९-राष्ट्रिय प्रजातन्त्र पार्टीका अधयक्ष कमल थापाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्नु भएको छ । भारतको दिल्लीमा उपचार गराएर फर्कनुभएका भट्टराईको ट्विटको उतर दिँदै थापाले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुभएको हो । ‘भरखरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तापाईंलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ।यसो गरे कसो होला’, थापाले लेख्नुभएको छ । थापाले दिल्लीमा […]